त्रिवेणी साना जलविद्युत केन्द्र बाजुराले भन्यो– बाजुरामामाग अनुसार विद्युत आपूर्ति गर्न सकेनौं, प्राधिकरणसँग सहकार्य गछौं

नजिक न्युज संवाददाता    

त्रिवेणी साना जलविद्युत केन्द्र बाजुराले भन्यो– बाजुरामामाग अनुसार विद्युत आपूर्ति गर्न सकेनौं, प्राधिकरणसँग सहकार्य गछौं

बाजुरा :  त्रिवेणी साना जलविद्युत केन्द्र मार्तडीले उपभोक्ताको माग अनुसार विद्युत आपूर्ती गर्न नसकिएको स्वीकार गरेको छ । जलविद्युत केन्द्रको सेवा क्षेत्र रहेको बडिमालिका नगरपालिका क्षेत्र भित्र मात्र १ हजार किलोवाट बढी विद्युत माग भइरहेकोले आपूर्ती गर्न नसकिएको बताएको छ । 

विद्युतको वर्तमान अवस्था बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा त्रिवेणीले २ सय किलोवाट क्षमताको विद्युत बढाउन नसकिने अवस्था रहेकोले लोड सेडिङ गर्नु परेको बताएको छ । मार्तडीको विद्युत केहीय एक दशक यता त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गरिरहेको छ ।

सहकारीका अध्यक्ष अशोक रावलले बजारमा जति माग छ, त्यो अनुसार आपूर्ती गर्न नसकिने भएकोले विद्युत प्राविधिकरणसँग थप विद्युत खरिद गर्न प्रक्रिया सुरु गरिएको बताएका छन् । सडक बाटोमा गाडिएका पोलमा भएको क्षति पछि प्राधिकरणलाई लाइन विस्तारमा ढिलाई भएपनि मार्तडी सब कार्यालयमा विद्युत जडान लगत्तै सम्झौता गर्ने जानकारी गराएका छन् ।

वर्षौ पुरानो विद्युत मेसिन खरिद गर्न नसकिएको र विद्युतको नहर मर्मतका लागि समेत ठुलो लगानी आवश्यक भएकोले सहकारीले सबै खर्च बेहोर्न गाहो भएको बताएका छन् । सेवा दिन नसकिने भए प्राधिकरणलाई फिर्ता दिन किन ढिलाई भन्ने पत्रकारको जिज्ञासामा अध्यक्ष रावलले प्राधिकरणसँगकै परामर्शमा विद्युत थप गरेर सेवाका लागि सहकारीले नै जिम्मालिने तयारी थालिएको बताएका छन् । 

हाललाई विहान ५ देखि साढे ९ र बेलुका पनि ५ देखि साढे ९ बजेसम्म लोड सेडिङ गर्नु पर्ने बाध्यता भएकोले अब प्रत्येक ग्राहकलाई दैनिक लोड सेडिङ तालिका एसएमएस मार्फत जानकारी गराउने व्यवस्थापक गगन अयडीले बताएका छन् ।

देश लोड सेडिङ मुक्त भइरहेको बेला बाजुरामा अँध्यरोमा बस्नु पर्ने र लोड सेडिङ तालिम बारे जानकारी गराउनु पर्ने अवस्था दुखत विषय बनिरहेको छ । सेवाग्राहीले उज्यालो पाउनु पर्ने माग राख्दै त्रिवेणीमाथि आक्रोश पोख्दै आएका छन् ।

उसोत त्रिवेणीले प्राधिकरणले निर्धारण गरेको भन्दा बढी विद्युत महसुल असुली गर्दै आएको छ । विद्युत सम्झौता गर्दा प्राधिकरणकै मूल्यमा उपभोक्तालाई विजुली दिने सहमति गरेपनि आफ्नो नियम बनाएर थप रकम असुली गर्ने गरेकोमा समेत स्थानीय आक्रोशीत बनेका छन् ।

यो वर्षको पुसबाट प्राधिकरणकै विद्युत महशुल दरमा विद्युत दिने समेत पत्रकार सम्मेलनमा त्रिवेणीले जानकारी गराएको छ । सचिव शेरबहादुर रावलले सञ्चालन गरेको पत्रकार सम्मेलनमा अध्यक्ष सहीत पदाधिकारीले आफूहरुले विद्युत अनियमित गर्ने र रकम असुली गर्ने नियत नराखेकोले भ्रममा नपर्ने समेत आग्रह गरेका छन् ।

त्रिवेणीले निर्धारित २० युनिटको महशुल ८० रुपैया राखेको छ । भने प्राधिकरणले ३० रुपैया राखेको छ । उपभोक्ताले ५० रुपैया आधारभुत महशुल दरमै बढी तिर्नु पर्ने बाध्यता छ । हाल त्रिवेणीसँग २ हजार १ सय ७४ जना विद्याुत उपभोक्ता रहेका छन् । 

महशुलमै ठगी गरेको आरोप उपभोक्ताको छ । त्रिवेणीको सेवामा हैरानी बेहोर्न बाध्य उपभोक्तालाई सहकारीका पदाधिकारीले भने सुधारका लागि प्रयास जारी रहेको भन्दै आश्वस्त पार्ने काम गरिरहेको छ । विद्युत सेवा अनियमित हुँदा दैनिक कामकाज प्रभावित बन्ने गरेको छ । 



बिहिबार ०१, पुष २०७८ ०५:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.