कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

नजिक न्युज संवाददाता    

कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु

धनगढी : कैलालीमा ट्र्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका -४ मा से१त ५९४४ नम्बरको ट्र्याक्टरबाट खसेर टीकापुर नगरपालिका -२ का २२ वर्षीय अरुण चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार टीकापुर -२ कै २४ वर्षीय दिनेश चौधरीले चलाएको सो ट्र्याक्टरबाट खसेका उनको घटनास्थलमै मृत्यु भएको हो। चालक ट्र्याक्टरसहित इलाका प्रहरी कार्यालय टीकापुरको नियन्त्रणमा रहेको बताइएको छ। 



मङ्गलबार २१, मङि्सर २०७८ ०१:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.