सरकारले वैकल्पिक विधिबाटै भएपनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना गर्ने

नजिक न्युज संवाददाता    

सरकारले वैकल्पिक विधिबाटै भएपनि लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको जनगणना गर्ने

धनगढी : सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको वैकल्पिक विधि प्रयोग गरेर जनगणना गर्नेे भएको छ। कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय जनगणनाका क्रममा गणक उक्त क्षेत्रमा पुग्न नसकेपछि वैकल्पिक विधि प्रयोग गरिने भएको हो।

स्याटलाइटको माध्यमबाट उक्त क्षेत्रको घर गणना गर्ने र प्रतिघरमा औसत रूपमा बस्ने व्यक्तिको सङ्ख्या निकालेर उक्त क्षेत्रको जनगणना गर्ने योजना बनाएको केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देश डा. हेमराज रेग्मीले बताए। केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा तीन महिनाभित्र निकाल्नेगरी तयारी गरिरहेको छ।

विभागका अनुसार उक्त क्षेत्रको कुटी, नाभी र गुञ्जी क्षेत्रमा मात्रै मानिसको बसोवास रहेको छ भने करिब तीन सय घरधुरी रहेको उक्त क्षेत्रमा ७/८ सय जनसङ्ख्या रहेको अनुमान गरिएको छ। उक्त क्षेत्रमा २०१८ सालमा पनि जनगणना गरिएको थियो।



मङ्गलबार २१, मङि्सर २०७८ ०१:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.