लेखा आयोग केन्द्रीय सदस्यमा बसुन्धारा रोकाया निर्विरोध निर्वाचित

नजिक न्युज संवाददाता    

लेखा आयोग केन्द्रीय सदस्यमा बसुन्धारा रोकाया निर्विरोध निर्वाचित

बाजुरा : लेखा आयोग सदस्यमा बाजुराबाट बसुन्धारा रोकाया निर्विरोध निर्वाचित भएकी छन् । चितवनमा भएको नेकपा एमालेको १० औं अधिवेशनबाट लेखा आयोगको केन्द्रीय सदस्यमा संविधान सभा सदस्य समेत रहेकी नेता रोकाया निर्विरोध निर्वातिच भएकी हुन् ।

नेता रोकायाले  लेखा आयोग केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकी थिइन् । उम्मेदवारीकै आधारमा सहमती भएपछि केन्द्रीय सदस्यमा निर्विरोध चयन भएको नेकपा एमालले जनाएको छ ।

चितवनमा जारी अधिवेशनमा बाजुराबाट ४ जना शिर्ष नेताहरुको केन्द्रीय सदस्यमा मतदान भईरहेको छ । जसमा कर्ण बहादुर थापा, लालबहादुर थापा, प्रकाश शाह र दयाल बहादुर शाही रहेका छन् । 



मङ्गलबार १४, मङि्सर २०७८ ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.