बाजुरामा जिप दुर्घटनामा परी घाइते भएका सहचालकको मृत्यु

नजिक न्युज संवाददाता    

बाजुरामा जिप दुर्घटनामा परी घाइते भएका सहचालकको मृत्यु

बाजुरा : बाजुरामा जिप दुर्घटनामा परी घाइते भएका जिप सहचालको मृत्यु भएको छ । आइतबार बिहान करिब ५ बजे जिल्ला सदरमुकाम मार्तडीबाट बाम्का तर्फ जादै गरेको से १ ज ९६० नम्बरको जिप जिल्ला कारोगार पछाडीको मोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका जिप सहचालक बडीमालिका नगरपालिका–१ का  २४ वर्षीय भिमबहादुर दानीको मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । घाइते दानीलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएका थिए । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रिफर गरेको हो ।

उपचारका लागि धनगढी लिदै गर्दा बिच बाटोमै मृत्यु भएको उनको पारिवारिक स्रोतले बताएको छ । यता जिल्ला जिल्ला प्रहरी कार्यालय बाजुराले भने हाल मृत्युको पुष्टी नभएको बताएको छ । परिवारिक स्रोतका अनुसार मृत्यु भईसकेको खबर प्राप्त भएको छ, तर यहाँ नपुर्याउञ्जेल मृत्यु पुष्टी गर्न नमिल्ने जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका दानीको ढाड र टाउँकोमा गम्भीर चोट लगेको थियो । जिप सडकदेखि करिब १ सय २० मिटर तल खसेको प्रहरीले बताएको छ ।



आइतबार १२, मङि्सर २०७८ ०२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.