बाजुराको जगन्नाथबाट फरार ३ बालिकाको प्रहरीद्धारा उद्दार

नजिक न्युज संवाददाता    

बाजुराको जगन्नाथबाट फरार ३ बालिकाको प्रहरीद्धारा उद्दार

बाजुरा : जिल्लाको जगन्नाथ गाउँपालिकाबाट फरार भएकी ३ बालिकाको जिल्ला प्रहरी कार्यालय बाजुराले उद्धार गरेको छ । 

सोही पालिकाको वडा नंं. ५ लाया बस्ने १५ वर्षीया बालिका, पाल्ताकी १३ वर्षीया बालिका र मल्लोहुनीकी १४ वर्षीया बालिका घरबाट विहीबार फरार भएकी थिईन् ।

उनीहरुको आफन्तले टेलिफोन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुरामा फरार भएको जानकारी गराएका थिए । जानकारी पश्च्यात खोजी कार्य गर्दा बुधबार कालीकोट शान्नीस्थित त्रिवेणी गाउँपालिका–३ मानिबजारमा फेला पारी उनीहरुको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक चतुर्भुज ओझाले बताएका छन् । 

उद्धार गरेका तीनै जना बालिकालाई जड्डी प्रहरी चौकीमा ल्याई उनका आफन्तलाई जिम्मा लगाएको ओझाले बताए । 



आइतबार १२, मङि्सर २०७८ १०:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.