बाजुरामा मदिरा सेवन गरी बस चलाउने चालक पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा मदिरा सेवन गरी बस चलाउने चालक पक्राउ

बाजुरा : बाजुरामा मदिरा सेवन यात्रुवाहक बस चलाउने एक जना चालक पक्राउ परेका छन् । बिहीबार राती ८ बजेको समयमा रिठा बजारमा डिउटीमा खटिएको प्रहरी टोलीले सवारी चेकजाँचको क्रममा मदिार सेवन गरी बस चलाउने चालकलाई प्रहरी नियन्त्रण्मा लिएको हो । 

पक्राउन पर्नेमाम काडमाण्डौँबाट बाजुरा तर्फ आईरहेको रात्री ना. ६ ख २३०९ नम्बरका चालक धनराज रोकाया रहेका छन् । चालक रोकायाले चकजाँच गर्ने प्रहरीको टोलीलाई समेत अश्लिल शब्द प्रयोग गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बस चालक रोकायाले मादक पदार्थ (रक्सी) समेत सेवन गरी दर्जनौं यात्रु बोकेको अति सम्वेदनशील सर्वाजनिक सवारी साधन चलाई प्रहरीले सोधपुछ गर्दा उल्टै अश्लिल शब्द प्रयोग गरी अभद्र व्यवाहर गरेको बताईएको छ । 

मदिार सेवन गरी यात्रुवाह बस चलाउने चालक रोकायालाई अभद्र व्यवहार गर्न नहुने कसूर शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रही कार्यालय बाजुराले सवारी साधनमा कडाइ गरेकाे छ । 



आइतबार १२, मङि्सर २०७८ १०:१६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.