बाजुरामा जिप दुर्घटना हुँदा एक जना घाइते

नजिक न्युज संवाददाता    

बाजुरामा जिप दुर्घटना हुँदा एक जना घाइते

बाजुरा : बाजुराका जिल्ला सदरमुकाम मार्तडीमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । मार्तडी बजारबाट बाम्का जादैँ गरेको से १ ज ९६० नम्बरको जिप कारागार पछाडी मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिपका सहचालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सहचालक बडीमालिका नगरपालिका–१ का २४ वर्षीया भिमबहादुर दानी गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार घाइते दानीको ढाड र टाउँकोमा गम्भीर चोट लगेको छ, उनको जिल्ला अस्पताल बाजुरामा उपचार भईरहेको बताईएको छ ।

जिप सडकदेखि करिब २० मिटर तल खसेको प्रहरीले बताएको छ । जिप चालकलाई भने घटना स्थलबाटै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 



आइतबार १२, मङि्सर २०७८ ०९:३३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.