बालविवाह विरुद्ध महत्वपूर्ण भूमिका खेल्ने ७ जनालाई वडा कार्यालयले गर्‍यो सम्मान

नजिक न्युज संवाददाता    

बालविवाह विरुद्ध महत्वपूर्ण भूमिका खेल्ने ७ जनालाई वडा कार्यालयले गर्‍यो सम्मान

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिका वडा नं.४ ले बालविवाह विरुद्ध महत्वपूर्ण भूमिका खेल्ने ७ जनालाई सम्मान गरेको छ । वडामा बालविवाह विरुद्ध जागरण अभियान तथा न्युनीकरण गर्नका लागि ठुलो योग्दान पुर्याउने ७ जनालाई वडा कार्यालयले सम्मान गरेको हो । 

वडामा “सबै जुटौं बालविवाह रोकौं” भन्ने मुल नारालाई आत्मसाथ गर्दै बालविवाह विरुद्ध जागरण अभियानमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तिहरुलाई छानेर वडाले सम्मान गरेको वडाध्यक्ष रामबहादुर कटुवालले बताएका छन् ।

बुढीगंगा नगरपालिकाको समन्वय गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बाजुराको आर्थिक सहयोग तथा वडा नं.४ को आयोजनामा एक बाल क्लब र ६ जनालाई सम्मान गरेको अध्यक्ष कटुवालले बताए ।

No description available.सम्मानित हुनेमा वडा नं. ४ स्थित खोलवाडका बुदे रावत, देनसायलस्थित भीमबहादुर शाह, खोडाल्वाडास्थित स्वयंमसेविका चमेली रावत, बानेगाउँकी सकुन्तला कटुवाल, देनसायलका तुला कडायत, वडा नं ४ की महिला वडा सदस्य मोतीकला थापा र सिर्जनशील बाल क्लब रहेका छन् ।

सम्मानित हुने सबैले यो सम्मानले काम गर्न थप हौसला बढेको बताएका छन् । कामको मूल्याङ्कन गरी आफूहरुलाई सम्मान गरेमा वडा कार्यालय र सहयोगी संस्था गुड नेवर्स इन्टरनेशनल नेपाल र पीसविन बाजुरालाई धन्यवाद व्यक्त गरेका छन् । सम्मानले काम गर्ने थप हौसला बढेको छ, बालविवाह मुक्त वडा बनाउन विषेश पहल र कदमी रहने उनीहरुले बताए ।

No description available.बुढीगंगा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष रामबहादुर कटुवालको अध्यक्षतामा सञ्चालन भएको बालविवाह विरुद्ध जागरण अभियान तथा सम्मान कार्यक्रमको प्रमुख अतिथि वडा महिला सदस्य मोतीकला थापा रहनु भएको थियो भने विशिष्ट अतिथिमा थुमा माध्यमिक विद्यालयका प्रधानाध्यापक पुर्णबहादुर खाती रहनु भएको थियो ।

No description available.त्यस्तै गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजित सेवा तथा बाल संरक्षण अधिकृत गोविन्द चौधरी, शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण खाती, महिला स्वयंमसेविका सकुन्तला कटुवाल, टाँटे प्रहरी चौकी इन्चार्ज लगायत अतिथिमा रहनु भएको थियो ।

No description available.त्यस्तै पालिकाको समन्वयमा पीसविन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले बालविवाह विरुद्ध बुढीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा भित्ते लेखन, सञ्जाल गठन, अन्तरक्रिया कार्यक्रम, बालविवाह विरुद्ध सडक र्याली, सडक नाटक, रिडियो नाटक तथा जिङ्गल, अतिरिक्त क्रियाकलाप, सचेतनामुलक देउडा, तालिम तथा अभिमुखीकरण, हस्ताक्षर अभियान, मतदान अभियान, ब्रोसर पप्पलेट प्रर्दशन, होडिङ्ग बोर्ड लगायतका जनचेतामुलक कार्यक्रम गर्दै आएको छ ।

No description available.No description available.



आइतबार १२, मङि्सर २०७८ ०८:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.