बढीगंगा–४ मा बालविवाह विरुद्ध मतदान

९८ प्रतिशत बालविवाह गर्न नहुने पक्षमा

नजिक न्युज संवाददाता    

बढीगंगा–४ मा बालविवाह विरुद्ध मतदान

 बाजुरा : जिल्लाकोे बढीगंगा नगरपालिका–४ मा बालविवाह विरुद्ध मतदान गरिएको छ । “सबै जुटौ बालविवाह राकौं” भन्ने मूल नारका साथ बालविवाह अन्त्य गर्न वडामा मदतादन गरिएको हो । 

बुढीगंगा नगरपालिकाको समन्वय तथा पीसविन र गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग र थुमा माध्यमिक विद्यालयको आयोजनामा मतदान कार्यक्रम गरिएको वडा कार्यालयले जनाएको छ । 

बालविवाह विरुद्ध पक्ष र विपक्षको निर्वाचन भएको थियो । बालविवाह गर्न नहुने र बाल बिवाह गर्न हुने विषय बस्तु र चित्रसहित मतपत्र थियो । बालविबाह विरुद्ध पक्ष र विपक्षमा वडाभित्रका अभिभावक र विद्यार्थीले मतदान गरेका हुन ।

No description available.थुमा माध्यमिक विद्यालयको प्राङ्गणमा भएको बालविवाह विरुद्ध पक्ष र विपक्षको चिर्वाचनमा २ सय ८० मत खसेका थिए । मतदान प्रक्रियाको रिजल्टले वडा नं. ४ मा करिब ९८ प्रतिशतले बालविवाह अन्त्य भएको मतदान अधिकृत तथा थुमा माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णबहादुर खातीले बताएका छन् ।

No description available.त्यस्तै खसेका २ सय ८० मत मध्ये बालविवाह गर्न नहुनेमा २ सय ६२ र बालविवाह गर्न हुने पक्षमा १४ जनाले मतदान गरेका छन् भने ४ मत बदर भएका हुन । जसको बहुमत बालविवाह गर्न नहुनेमा आएको छ ।

No description available.बुढीगंगा नगरपालिका–४ का वडाध्यक्ष रामबहादुर कटुवालले आफ्नो वडामा बालविवाह अन्त्य भए नभएको मतको परिणामले संकेत देखिईसकेको बताएका छन् । बालविवाह गर्न नहुने पक्षमा २ सय ६२ जनाले मत हालेकोमा खुसी व्यक्त गरेका छन् । 

वडाध्यक्ष कटुवालले अब बालविवाह मुक्त वडा घोषणा गर्न तयारी थालिने बताएका छन् । पीसबिन बाजुुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले आफ्नो वडामा बालविवाह विरुद्ध गरेका विभिन्न सचेतनामूलक कार्यक्रमले राम्रो परिणाम निक्लेको बताए । जनचेतनामुलक कार्यक्रमले वडाका किशोर, किशोरी, अभिभावकहरु धेरै सचेत भइसकेका छन्, अब छिट्टै बालविवाह मुक्त वडा घोषणा गर्न तयारीमा लाग्ने उनले भने ।

No description available.मतदान कार्यक्रममा वडाध्यक्ष रामबहादुर कटुवाल, वडा सदस्य मोतीकला थापा, थुमा माध्यमिक विद्यालयका प्रअ पूर्णबहादुर खाती, शिक्षक अभिभावक संघका अध्यक्ष कर्ण खाती, महिला स्वयंमसेविका सकुन्तला कटुवाल, गुड नेवर्स इन्टरनेशनल नेपालका प्रायोजित सेवा तथा बाल संरक्षण अधिकृत गोविन्द चौधरी, पीसविन बाजुराका कार्यक्रम सजकर्ता गोमती कटुवाल, टाटे प्रहरी चौकी इन्चार्ज, अभिभावक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो । 

No description available.त्यस्तै पालिकाको समन्वयमा पीसविन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले बालविवाह विरुद्ध बुढीगंगा नगरपालिकाका विभिन्न वडाहरुमा भित्ते लेखन, सञ्जाल गठन, अन्तरक्रिया कार्यक्रम, बालविवाह विरुद्ध सडक र्याली, सडक नाटक, रिडियो नाटक तथा जिङ्गल, अतिरिक्त क्रियाकलाप, सचेतनामुलक देउडा, तालिम तथा अभिमुखीकरण, हस्ताक्षर अभियान, मतदान अभियान, ब्रोसर पप्पलेट प्रर्दशन, होडिङ्ग बोर्ड लगायतका जनचेतामुलक गर्दै आएको छ ।

No description available.No description available.



शनिबार ११, मङि्सर २०७८ ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.