कैलालीको लम्कीमा ट्रक जलाइएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत जिल्लाको लम्की बजारमा ना२ख ९३७० नम्बरको ट्रकमा आगजनी गरिएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टका अनुसार उक्त ट्रकको ठक्करबाट टीकापुर नगरपालिका वडा नम्बर २ की ४० वर्षीया गोमा थापाको मृत्यु भएपछि आन्दोलित स्थानीयले ट्रक जलाएका हुन्। स्थानीयले अहिले पनि राजमार्ग र लम्की बजार बन्द गरेका छन्।
प्रतिकृया दिनुहोस