कैलालीमा काँग्रेसका १३० महाधिवेशन प्रतिनिधि निर्वाचित, इतर पक्षका १० जना मात्रै !

नजिक न्युज संवाददाता    

कैलालीमा काँग्रेसका १३० महाधिवेशन प्रतिनिधि निर्वाचित, इतर पक्षका १० जना मात्रै !

धनगढी : कैलालीमा नेपाली काँग्रेसका एक सय ३० जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। काँग्रेस कैलालीको प्रचारप्रसार समितिका संयोजक नृप सुनारका अनुसार ५ निर्वाचन क्षेत्रबाट एक सय २५ जना र ५ क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्थाअनुसार एक सय ३० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन्।

‘कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाश शाह, निर्वाचन क्षेत्र नम्बर २ मा विष्णुप्रसाद ढकाल, ३ नम्बर क्षेत्रमा रिता चौधरी, ४ नम्बर क्षेत्रमा बसन्त रोकाया र क्षेत्र नम्बर ५ मा भीम पडाल क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्,’ उनले भने। 

निर्वाचित भएका ५ क्षेत्रीय सभापति नै संस्थापन अर्थात पार्टी सभापति शेरबहादुर देउवा पक्षका हुन्। यस्तै महाधिवेशन प्रतिनिधिमा चुनाव लडेर विजयी भएका अन्य एक सय २५ जनामध्ये १० जना मात्रै संस्थापन इतर पक्षका छन्। 



बिहिबार ०९, मङि्सर २०७८ ०४:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.