बडुवाल हत्या प्रकरण : सिद्धार्थ होटलमा पेस्तोल फेला, बर्दियामा रिसोर्ट सञ्चालक पक्राउ

नजिक न्युज संवाददाता    

बडुवाल हत्या प्रकरण : सिद्धार्थ होटलमा पेस्तोल फेला, बर्दियामा रिसोर्ट सञ्चालक पक्राउ

धनगढी: कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको छ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनाको समयमा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो। प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ।

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ। बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरीले जनाएको छ।  

पेस्तोल होटेलको कोठामा रहेको शौचालयभित्र लुकाएको पाइएको थियो। भूपेन्द्र हत्या अनुसन्धानमा सीआईबी, प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कैलालीको टोली सक्रिय छ। हत्यामा संलग्न आरोपमा १६ जनाविरुद्ध किटानी जाहेरी परेको छ। उनीहरुमध्ये १० जना पक्राउ परिसकेका छन्। 



बिहिबार ०९, मङि्सर २०७८ ०४:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.