बाजुरामा चोरी गर्न प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ

नजिक न्युज संवाददाता    

बाजुरामा चोरी गर्न प्रयोग गरिने सामग्रीसहित एक जना पक्राउ

बाजुरा : बाजुरमा चोरी गर्न प्रयोग गरिने सामग्रीसहित एकजना प्रकाउ परेका छन् । जिल्लाको बडीमालिका नगरपालिका–७ जिल्ली (तलगाउँ) का १९ वर्षीया किसन विक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटी गएको टोली विहान २ः ३० बजे बाउली तर्फ गएको समयमा विकलाई शंकास्पद रुपमा हिडिरहेको अवस्थामा फेला पारी आवश्यक सोधपुछ पश्च्यात घरमा चोरी गर्न प्रयोग गरिने समानसहित विक पक्राउ परेका हुन ।  

बाउली बजारबाट उनलाई प्रकाउ गरेर जिल्ला प्रहरी कार्यालयमा लगिएको छ । पक्राउ परेका विकको साथबाट घर तोडफोड गर्न प्रयोग गरिने छिनो, कोदालो, किला २ थान, ताला र दुई वटा मोबाइल बरामद गरिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । 



बिहिबार ०९, मङि्सर २०७८ ११:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.