बाजुराको भमक बजारमा जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते

नजिक न्युज संवाददाता    

बाजुराको भमक बजारमा जिप दुर्घटना हुँदा २ जना गम्भीर घाइते

बाजुरा : बाजुरामा जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्लाको बुढीगंगा नगरपालिका–७ स्थित भमक बजार नजिकै से १ ज १०८१ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित २ जना घाइते भएका हुन । 

भमक बजार नजिकै बुधबार दिउँसो करिब सवाँ २ बजेतिर दुर्घटनामा परी बुढीगंगा नगरपालिका–७ का विष्णु केसी र जिप चालक गम्भीर घाइते भएको स्थानीय गरिमा विष्टले जानकारी दिएको छ । घाइते दुबै जनालाई उपचारका लागि बयालपाट अस्पतालमा भर्ना गरिएका छन् । 



बुधबार ०८, मङि्सर २०७८ ०७:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.