कोरोना भन्दा खतरा धुम्रपान : चार गुणा बढीको मृत्यु

नजिक न्युज संवाददाता    

कोरोना भन्दा खतरा धुम्रपान : चार गुणा बढीको मृत्यु

काठमाडौं : नेपालमा कोभिड–१९ संक्रमणका कारण भन्दा सूर्तीजन्य पदार्थको सेवनबाट ४ गुणा बढीले ज्यान गुमाएको विज्ञहरुले बताउनु भएको छ। आज राजधानीमा आयोजित ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षीय पैरवी बैठकमा विज्ञहरुले प्रस्तुत गरेको तथ्यांकमा यस्तो पाइएको हो ।

कार्यक्रममा एक्सन नेपालका अध्यक्ष आनन्द बहादुर चन्दले पस्तुत गर्नु भएको आँकडा अनुसार पछिल्ला वर्षमा सूर्तीजन्य पदार्थको सेवनका कारण मृत्यु हुनेको संख्या प्रतिवर्ष २७ हजार छ । करिब डेढ वर्षको अवधिमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेको छ । यो आँकडालाई तुलना गर्दा कोभिड–१९ बाट भन्दा सूर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या ४ गुणा बढी भएको अध्यक्ष चन्दले बताउनुभयो ।

स्वास्थ्य पत्रकार मञ्च नेपाल, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्, एक्सन नेपाल, एपीक्याट र द युनियनले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनील शर्मा, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. प्रकाशप्रसाद साह, स्वास्थ्य अर्थशास्त्री देवी प्रसाईंलगायतले आफ्ना प्रस्तुतिकरण र धारणा सार्वजनिक गर्नुभएको थियो ।



बुधबार ०८, मङि्सर २०७८ ०६:१९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.