बडीमालिका नगरपालिका–१ को माओवादी केन्द्र अध्यक्षमा नेपाली सर्वसम्मत

नजिक न्युज संवाददाता    

बडीमालिका नगरपालिका–१ को माओवादी केन्द्र अध्यक्षमा नेपाली सर्वसम्मत

बाजुरा : जिल्लाको बडीमालिका नगरपालिका–१ को नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको अध्यक्षमा कर्ण नेपाली सर्वसम्मत चयन भएका छन् ।

मंगलबार वडामा भएको प्रमथम महाधिवेशनबाट अध्यक्षमा नेपाली सर्वसम्मत चयन भएका हुन । नेपालीको नेतृत्वमा १९ सदस्यीय नयाँ वडा कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्षमा नर चदाँरा, किडी चदाँरा, सचिवमा सनु नेपाली सर्वसम्मत चयन गरिएको हो । 

कर्ण नेपालीकै अध्यक्षतामा संचालन भएको अधिवेशनको प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जिल्ला सचिव रमेशराज बिक, बिशिष्ट अतिथि बडीमालिका नगरपालिका ईन्चार्ज मानबहादुर विक रहनु भएकाे थियाे । 

त्यस्तै अतिथिमा जिल्ला कमिटी सदस्य तथा प्रचार प्रसार विभाग प्रमुख चन्द्र थापा लगायतका नेता तथा पार्टी भातृ संगठनका प्रमुख रहेको अनेरास्ववियू क्रान्तिकारी अखिल नेपाल बाजुरा जिल्ला अध्यक्ष खेमराज साउँदले जानकारी दिएका छन् ।



बुधबार ०८, मङि्सर २०७८ १२:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.