धनगढी: कैलालीको धनगढीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। सोमबार साँझ उपमहानगरपालिका–२ भन्सार रोडबाट बैयाबेहडीका २६ वर्षीय सन्देश बोगटी र वडा नम्बर १ बस्ने ३० वर्षीय बीजय मगराती पक्राउ परेका हुन्।
बोगटीले चलाएको लु४५प २६५३ नम्बरको मोटरसाइकललाई शंका लागि चेकजाँच गर्दा उनीहरुको साथबाट ७ ग्राम ९ सय मिलीग्राम लागुऔषध ब्राउन सुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पक्राउ परेका दुवैमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
प्रतिकृया दिनुहोस