बालविवाह अन्त्यका लागि बुढीगंगाका–४ वडामा बालबालिका र सरोकारवाला बीच अन्तरक्रिया

नजिक न्युज संवाददाता    

बालविवाह अन्त्यका लागि बुढीगंगाका–४ वडामा बालबालिका र सरोकारवाला बीच अन्तरक्रिया

बाजुरा : जिल्लाको बुढीगंगा नगरपालिकाका चार वटा वडामा बालविावह अन्त्यका लागि बालबालिका र सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । “सबै जुटौ बालविवाह रोकौं” भन्ने मूल नाराका साथ बुढीगंगा नगरपालिकाको समन्वय गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पीसविन बाजुराको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

बालविवाह एक सामाजिक अपराध हो, यस्तो सामाजिक अपराधको अन्त्य गर्न एकदमै आवश्यकता छ, सोही बमोजिम बुढीगंगा नगरपालिकाले आफ्नो पालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ लागू गरी कार्यान्वयनमा ल्याएको छ, सोही रणनीति अनुरुप बालविवाह अन्त्यका लागि समुदायमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भईरहेपनि बालविवाह न्युनीकरणमा अझै समस्या देखिएको र न्युनीकरणका लागि समुदायलाई जागरुक गरी जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको संस्थाले बताएको छ ।

No description available.बुढीगंगा नगरपालिका वडा नं.१, २, ३ र ४ मा अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा बुढीगंगा नगरपालिकामा बालविवाहको अवस्था, बालविवाहका प्रमुख कारण न्युनीकरण्का लागि भइरहेका प्रगति तथा न्युनीकरणका बाधा अप्ठ्यारा, जोखिम तथा चुनौती, आगामी योजना, सरोकारवालाको भूमिका लगायतका विषयमा छलफल गरिएको थियो ।

अन्तरक्रिया कार्यक्रम बुढीगंगा नगरपालिका–१ स्थित धुरालसैन मावि, वडा नं. ४ मा थुमा माविमा र वडा नं. २, ३ संगै राखि ३ नम्बरको वडा कार्यालयमा गरिएको थियो । कार्यक्रममा सहभागीहरुले बालविवाह पहिलेको भन्दा अहिले केही मात्रामा घट्दै गएको बताएको छ । विभिन्न जनचेतामूलक कार्यक्रमले बालविवाह केही मात्रमा घटेपनि अन्त्य हुन अझै समय लाग्ने बताईएको छ । 

No description available.बुढीगंगा नगरपालिकाका केही वडामा बालविवाह थोरै मात्रामा न्युनीकरण भएको देखिन्छ, बुढीगंगा नगरपालिका–४ मा रहेको प्रगतिशील बाल क्लव अध्यक्ष अनिशा कटुवालले जनचेतनामूलक कार्यक्रम लागू भएदेखि बालविवाहमा केही प्रभाव परेको बताएकी छन् । उनले बालविवाह पूर्णरुपमा अन्त्य हुन त अझै समय लाग्ने र यस्तै विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु गरे मात्र न्युनीकरण हुने बताईन् । बालविवाह न्युनीकरण गर्न सबैभन्दा पहिले आफूबाट सुरुवात गर्नु पर्ने बताएकी छन् । हाम्रो समाजमा बुझेर पनि नबुझेझै गर्नेको संख्या बढी भएकाले त्यस्ता व्यक्तिहरुलाई बढी जनचेतना दिनु पर्ने कटुवालले बताईन् । 

No description available.उनले किशोर किशोरीलाई बालविवाह नगर्न आग्रह गरेकी छन् । अझै पनि बिवाह सानै उमेरमा गर्नु पर्छ भन्ने परम्परा र रुणीबादीलाई समाजबाट नहटेको भन्दै यसलाई हटाउन सरोकारवाला निकाय, जनप्रतिनिधि र समूहले विशेष ध्यान दिनु पर्ने बताईन् । सबैभन्दा पहिले किशोर किशोरीले नै सजग हुनु पर्ने उनले बताएकी छन् ।

अशिक्षित, गरिबी र जनचेतानाको कमीका कारण बालविवाह बढी भएको भन्दै यसलाई न्युनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने धुरालसैन माविमा अध्ययनरत छात्र देवराज थापाले बताएका छन् । उनले विशेष गरी बालविवाह न्युनीकरण गर्न स्थानीय सरकारले बढी जिम्मेवार हुनुपर्ने बताएका छन् । स्थानीय सरकारले बालविवाह सम्बन्धी कडा कानुन बनाई कार्यान्वयन गरे मात्र बालविवाह न्युनीकरण हुने थापाले बताए । 

No description available.त्यस्तै समाजमा बालविवाह गरेको थाहा पाएपनि स्थानीय तहमा उजुर गरी उनीहरुलाई कानुनी रुपमा कारवाही गर्न नसक्नुले बालविवाह बढेको शिक्षकहरुले बताएका छन् । बालविवाह गर्नेहरुलाई कारवाही नगर्नुले निरन्तर त्या प्रक्रिया चलिरहेको भन्दै अनिवार्य रुपमा दोसीलाई कारवाही हुनुपर्ने शिक्षकहरुको भनाई छ । 

त्यसैगरी गरिबीका कारणले पनि बालविवाह हुने भएकाले त्यसको न्युनीकरणका लागि स्थानीय तहले विभिन्न आर्यआर्जनका कार्यक्रम लागू गर्नुपर्ने र अभिभावकले आफ्ना बालबालिकालाई उच्च शिक्षासम्म पढाई जिम्मेवार बनाउनु पर्ने बताएका छन् । गरिबी, अशिक्षा भएको समुदायमा गरिबी न्युनीकरण र शिक्षाका कार्यक्रम लागू गरिनु पर्ने अधिकांश शिक्षकहरुको भनाई रहेको छ ।

No description available.बालविवाह तथा चाँडो हुने विवाह न्यूनीकरण तथा अन्त्यका लागि सर्वप्रथम त अभिभावकहरूमा बालविवाह गर्न हुँदैन भन्ने चेतना विकास र परिवारबाटै आफ्ना बालबच्चालाई बालविवाह गर्न हुँदैन भनेर सचेत गराउनु पर्ने कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले बताएका छन् ।

बालविवाहबाट हुने सामाजिक, आर्थिक, शैक्षिक र स्वास्थ्यमा पर्ने असरका बारेमा सचेत छोराछोरीको दैनिक क्रियाकलापमा ध्यान तथा बालबालिकाहरुलाई घरमा आमा–बुवाले प्रशस्त माया दिनु पर्ने र बालविवाह गर्दा कानुनी सजाय हुने तथा बालविवाह स्वतः बदर हुन्छ भन्ने सचेतना समाजमा गरेपछि मात्र बालविवाह न्यूनीकरण हुने स्वास्थ्य स्वयंमसेविका र वडा महिला मञ्चका अध्यक्षहरुले बताएकी छन् ।

No description available.त्यस्तै अन्तरक्रिया कार्यक्रममा बढीगंगा नगरपालिका–२ का वडाध्यक्ष हिरालाल थापाले बालविवाहका उजुरी समुदायबाट अहिलेसम्म वडामा नआएको बताउँदै बालविवाह न्युनीकरण गर्न वडा तथा सम्बन्धीत निकायमा उजुरी दिनु पर्ने बताएका छन् । पीसविन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले पालिकामा बालविवाह न्युनीकरणका विभिन्न कार्यक्रम लागू गरेपछि आफ्नो वडामा पहिलेको भन्दा अहिले केही मात्रामा बालविवाह न्युनीकरण भएको बताएका छन् । उनले आफ्नो वडामा दुई वर्षभित्र बालविवाह अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

No description available.बुढीगंगा नगरपालिका–१ का वडाध्यक्ष ललित थापाले केही समय पहिले सबै वडा मध्ये बालविवाह गर्ने आफ्नो वडा पहिलो नम्बर थियो, तर अहिले विस्तारै बालविवाह न्युनीकरण भएको बताएका छन् । जनचेतनामुलक कार्यक्रमले गर्दा पहिलेको भन्दै अहिले घट्दै गएको उनले बताए । अझै पनि थप प्रभावकारी बनाउन बालविवाह न्युनीकरण सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्नु पर्ने अध्यक्ष थापाको भनाई छ ।

No description available.सहभागी सम्पूर्णले बुढीगंगा नगरपालिकालाई बालविवाह मुक्त बनाउने कार्यलाई सफल पार्न आयोजित बालविवाह विरुद्ध हस्ताक्षर अभियान कार्यक्रममा म प्रतिवद्धता जाहेर गर्दछु की बालविवाह कानूनी तथा सामाजिक अपराधमा मेरो हिसाबले संलग्नता रहने छैन र अरुलाई पनि बालविवाह नगर्न नगराउन अभिप्ररित गर्नेछु र बालविवाह विरुद्धको अभियान सफल पार्न म ऐक्यवद्ध छु भनेर हस्ताक्षर समेत गरेको थियो । 

अन्तरक्रिया कार्यक्रमको सहजिकरण नजिक न्युजका कार्यकारी सम्पादक तथा टिभी टुडे टेलिभिजनका बाजुरा जिल्ला संवाददाता प्रमित विकले गरेका हुन । 

No description available.अन्तरक्रिया कार्यक्रममा वडाध्यक्ष, जनप्रतिनिधि, वडा स्तरीय बाल संरक्षण समितिका पदाधिकारी, विद्यालय बाल संरक्षण समितिका पदाधिकारी, युवा क्लवका अध्यक्ष, किशोरी समूह, निगरानी समूह, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंमसेविका, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक, धामीझाक्रि लगायतको सहभागिता रहेको थियो ।

अबको दुई वर्षभित्र बालविवाह मुक्त पालिका बनाउने लक्ष्य बुढीगंगा नगरपालिकाले लिएको छ । त्यसै अनुरुप बालविवाह न्युनीकरणका लागि पीसविन बाजुरा र गुड नेवर्स इन्टरनेशनल नेपालले उक्त पालिकामा विभिन्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको छ ।

No description available.No description available.



मङ्गलबार ०७, मङि्सर २०७८ ०५:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.