एमाले केन्द्रीय सचिवका अब्बल उम्मेदवार कर्ण थापा

नजिक न्युज संवाददाता    

एमाले केन्द्रीय सचिवका अब्बल उम्मेदवार कर्ण थापा

बाजुरा : नेकपा एमालेको १० औं महाधिवेशन नजिकीएसँगै उम्मेदवारी दिनेको होडबाजी नै चलेको छ । एमालेले सहमतिको महाधिवेशनको रुपमा प्रचार गरेपनि उम्मेदवारी घोषणा गर्नेक्रम दिनप्रतिदिन बढीरहेको छ ।

पार्टी अध्यक्षका लागि केपी ओलीको विकल्प नरहेपनि उपाध्यक्ष भीम रावलले समेत अध्यक्षमा उम्मेदवारी दिएका छन् । यो घटनाक्रमले एमालेको चितवन महाधिवेशन सहमति केन्द्रीत भन्दा पनि चुनावी मोर्चामा अघि बढेको प्रष्ट देखिएको छ ।

१५ पदाधिकारी सहीत २ सय २५ सदस्यीय केन्द्रीय सदस्य, अन्य आयोग सहीतका पदमा चुनावी प्रतिस्प्रर्धा हुने भएपनि नेकपा एमाले सुदूर पश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले पनि सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

औपचारिक घोषणा नगरेपनि सचिव पदमा उम्मेदवारी दिने तयारी रहेको थापा निकट श्रोतको दाबी छ । नेकपा एमालेको वैकल्पिक पोलिटव्यूरो सदस्य समेत भइसेका थापा प्रदेश पार्टी कमिटी अध्यक्ष समेत हुन् । 

२०४६ साल पहिले नै विद्यार्थी उमेरदेखि पार्टी राजनीतिमा सक्रिय थापा सचिव पदका लागि बलियो उम्मेदवारको रुपमा देखिएका छन् । नेकपा एमालेको विधान महाधिवेशनले ७ जना सचिव रहने व्यवस्था गरेको छ । 

संघिय संरचना अनुसार सात प्रदेशबाट नै एक एक जना अनिवार्य प्रतिनिधित्व हुने गराउने गरी सात पद सचिव राखिएको हो । सोही अनुसार उम्मेदवारी तय गरिए पार्टी प्रदेश इन्चार्ज लेखराज भट्ट र प्रदेश अध्यक्ष कर्णबहादुर थापा बीच नै प्रतिस्पर्धा हुने अवस्था देखिएको छ ।

तर भट्ट र थापा अहिले एउटै पदमा प्रतिस्पर्धा नगर्ने र एक अर्कालाई सहयोग गरेर जाने मनस्थितिमा छन् । दुबै जना ओली समूहमा नै छन् । त्यसो हुदा पूर्व माओवादीबाट आएका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट मध्ये सबैको व्यवस्थापन ओलीका लागि चुनौति छ । 

तरपनि बादल उपाध्यक्ष र टोपबहादुर सचिव हुने लाइनमा छन् । लेखराज भन्दा टोपबहादुर सिनियर भएकोले पनि बादल पछिको अर्को पद पाउने निश्चित छ । भट्टले आफू प्रदेश इन्चार्ज भइसकेकोले उपाध्यक्ष पाउनु पर्ने मानसाय समेत राखेको बुझीएको छ । 

यसो हुँदा थापा र लेखराज बीच एउटै पदमा प्रतिस्प्रर्धा नहुने देखिएको छ । पार्टी वैकल्पिक केन्द्रीय सदस्य, पार्टी केन्द्रीय सदस्य, पार्टी वैकल्पिक पोलिटव्यूरो सदस्य र प्रदेश अध्यक्ष भइसकेका थापालाई सचिव पद पाउने बलियो संभावना छ ।

चुनावी प्रतिस्प्रर्धामा जाँदा पनि ओली समूहकै वर्चश्व रहेकोले सचिव पदमा जित्ने संभावना बलियो छ । थापा सचिव पदका अब्बल उम्मेदवार रहेको कार्यकर्ताको बुझाई छ । नेकपा भित्रको विवाद र नेकपा विभाजन पछिको संक्रमकालिन समयमा पनि थापाको भूमिका मुलधारमै देखिएको थियो ।

ओली समूहका नेता मध्ये पनि मुलधारमा रहेर पार्टी संगठन र ओलीले गरेको निर्णयको बचाउ गरेका थापा देशभर परिचित पात्र हुन् । पार्टी खेलकुद विभाग समेत सम्हाली सकेका पूर्व मन्त्री थापा सुदूरपश्चिम पश्चिम प्रदेश जस्तै अन्य प्रदेशको हकमा पनि उत्तीकै परिचित र चर्चित छन् । 

छिटो निर्णय लिन सक्ने, पार्टी सिद्धान्त र विचारलाई अरुले बुझ्ने गरि ब्याख्या विश्लेषण गर्न सक्ने वैचारिक र राजनीतिक अडान भएका नेता थापा चुनाव लड्दा पनि जित्ने आधार धेरै रहेको विश्लेषण एमाले पार्टी भित्रकै नेताहरुको छ । बलियो राजनीतिक धरातल भएका थापा ओलीका विश्वास पात्र पनि हुन् ।

पार्टी अध्यक्ष केपी ओलीले चालेका कदमको बचाउ र प्रतिवादमा खरो बोल्ने पात्रको परिचय बनाएपनि थापा नेपाली सञ्चार माध्यमले पनि धेरै खोजिएका र आवश्यक ठानिएका राजनीतिज्ञ हुन् । 

 सहमति बाहेक चुनावी प्रतिस्प्रर्धामा आफूले उम्मेदवारी दिने थापाको तयारी रहेको सचिवालयले बताएको छ । समान योग्यता क्षमताका नेताहरुले उम्मेदवारी दिने पदमै चुनाव लड्ने कुरा नयाँ र अस्वभनीय नहुने तर्फ थापा निकटहरुको छ ।

थापाले महेश बस्नेत नेतृत्वको तत्कालिन युवा संघ र युथ फोर्स सञ्चालनको रणनीतिक सल्लाहकार र योजनाकार भएर नेतृत्व लिएका थिए । बाजुराबाटै कमजोर पार्टी धरातल भएको बेला र पार्टी फुटेर माले एमाले भएको बेला चुनाव लडेर राम्रो जनमत ल्याएका थिए । तर थापाले आफ्नो तर्फबाट भने औपचारिक उम्मेदवारी घोषणा गरेका छैनन् । 



आइतबार ०५, मङि्सर २०७८ ०६:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.