महाधिवेशन प्रतिनिधी छनोटमा गल्ती भएको स्वीकार गर्दै एमाले बाजुराले क्षमा माग्यो

नजिक न्युज संवाददाता    

महाधिवेशन प्रतिनिधी छनोटमा गल्ती भएको स्वीकार गर्दै एमाले बाजुराले क्षमा माग्यो

बाजुरा : नेकपा एमाले बाजुराले पार्टीको १० औं महाधिवेशनका लागि प्रतिनिधी छनोटमा गल्ती भएको स्वीकार गरेको छ । पार्टी सचिव भरत बुढाको हस्ताक्षर सहीतको प्रे विज्ञप्ती जारी गर्दै बाजुरा जिल्ला कमिटीले कमजोरी भएको लिखित स्वीकार गरेको हो ।

कुल संगठीत सदस्य संख्याको आधारमा प्रतिनिधि छनोटमा पार्टी विधान विपरित दलित कोटा हटाइएको र केही व्यक्तिहरुले आफू निकट र स्वार्थ मिल्ने व्यक्ति छनोट गरेको चौतर्फी आलोचना भएपछि पार्टीका तर्फबाट विज्ञप्ती मार्फत क्षमा मागेको छ ।

अन्तरपार्टी निर्देशनको अध्ययन र बुझाईमा कमजोरी हुन गइ ६ जना दलित प्रतिनिधी छनोट हुनु पर्नेमा ४ जनालाई मात्र पठाउनु परेको विषय सच्याएको र कमजोरी भएको विज्ञप्तीमा लेखिएको छ । आफू निकटका केही गुटे व्यक्तिलाई प्रतिनिधीमा छनोट गर्न दलितको निर्धारित कोटा घटाएर ४ जनामा सीमित पारिएको थियो ।  

दलित समुदायको चर्को विरोध पनि संगठीत सदस्यताको म्यान नै नपुगेका र गैर दलित समुदायबाट राखिएका व्यक्ति हटाइएको छ । दलित कोटाबाट प्रतिनिधी छानिएका पदम बहादुर नेपालीको स्थानमा विक्रम सुनार राखिएको छ । भने दलित महिलाको कोटामा जनजाति राखिएकोमा रेखा कडारालाई थप गरिएको छ ।

२० जना प्रतिनिधी छानेर निर्णय सार्वजनिक गरेको छ । त्यस कोटामा जनसाँस्कृतिक महासंघ सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष तथा  संगीतकार विनोद बाजुरालाईलाई समेटिएको छ । 

पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र सचिव भरत बुढाले मनोमानी निर्णय गरि लालबहादुर ओली, मिन विष्ट र चन्द्रबहादुर थापा जस्ता पुराना संस्थापक नेताहरुलाई प्रतिनिधी छनोटमा अवरोध गर्दाको चौतर्फी आलोचना बारे भने विज्ञप्तीमा उल्लेख गरिएको छैन् ।

पार्टी केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापासँगकै सल्लाहमा केही व्यक्तिहरु रोकिएको आरोप समेत सामाजिक सञ्जालमा व्यक्त गरिएको थियो । नयाँ पुस्ताका केही नेताहरु आफू पर्दा ठिक भन्ने मानसिकता राखेकै कारण विधी विधान र अन्तरपार्टी निर्देशन विपरित निर्णय गरिएको थियो ।

निर्वाचन अधिकृतको हस्ताक्षर बेगरको पहिलो पटक सूची सहितको पत्र हतारमा सार्वजनिक गरिएको थियो । त्यो लगत्तै दलित समुदायबाट उजुरी दिने माग सहीत विरोध सुरु भएको थियो । भने पूर्वाग्रही सोचमा प्रतिनिधी छनोटमा रोकिएका व्यक्तिहरुका समर्थकले हालसम्म पनि नेतृत्वको विरोध गरिरहेका छन् ।

पार्टी जिल्ला कमिटीले जारी विज्ञप्तीमा दलित कोटाको विषयमा सुधार गरि प्रतिनिधी छनोट गरिएको जानकारी गराएको छ । तर असन्तुष्टसँगको छलफल र व्यक्तिवादी चिन्तन हाबी हुनुको गलत नियत बारे कुनै समिक्षा र धारणा विज्ञप्तीमा आएको छैन् । 

प्रतिनिधी छनोटकै विषयमा बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सुष्टी रेग्मीले पार्टी जिल्ला कमिटीबाटै राजिनामा दिएकी छन् । त्यो विषयमा समेत विज्ञप्तीमा कुनै धारणा लेखिएको छैन् । तर नेताहरुले मापदण्ड अनुसार नै प्रतिनिधी छनोट गरिएको दाबी गर्दै आएका छन् । सचिवालय बैठक राखेर सहमति खोज्ने भनिएपनि एकलौटी गरेको आरोप लागेपनि आकाक्षी धेरै र संख्या थोरै हुँदा समस्या भएको जिल्ला कमिटीले बताउँदै आएको छ । 

पछिल्लो समय नेकपा एमाले बाजुरा पार्टी कमिटी केहि व्यक्तिको समूहका रुपमा चल्न थालेको आरोप समेत लाग्ने गरेको छ । नेकपा एमाले नेताहरु दयाल शाही र पेम्बा गुरुगलाई पनि किनारा लगाउने सोच राखिएपनि उहाँहरु जना भने केन्द्रबाटै प्रतिनिधी छनोट भएका छन् । 

No photo description available.

 

 



शनिबार ०४, मङि्सर २०७८ ०७:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.