दिगो गर्भपतन इकोसिस्टम आकल सम्बन्धी १ दिने कार्यशाला गोष्ठी

नजिक न्युज संवाददाता    

दिगो गर्भपतन इकोसिस्टम आकल सम्बन्धी १ दिने कार्यशाला गोष्ठी

बाजुरा : दिगो गर्भपतन इकोसिस्टम आकल इकोसिस्टम सम्बन्धि १ दिने कार्यशाला गोष्ठी मार्तडीमा सम्पन्न भएको छ । अनिच्छित गर्भ र गर्भपतनको स्थितिका बारेमा गोष्ठीमा छलफल गरेको थियो । 

पीसविन नेपालको आयोजना र आइपास नेपालको आर्थिक सहयोगमा सो गोष्ठी संचालन गरिएको हो । गर्भको कारणले भईरहेको गर्भपतनको दरमा कमी ल्याउन उच्च गुणस्तरिय परिवार नियोजन सेवाका साथै परामर्श सेवामा पहुँच अभिवृद्धि गर्ने र पर्याप्त साधनहरुको उपलब्धताको सूनिश्चिता कसरी गर्ने भन्ने विषयमा गोष्ठीमा छलफल गरिएको थियो ।  

निशुल्क तथा सर्वशुलभ गर्भपतन सेवाको विस्तार गर्नका साथै सरकारी स्वास्थ्य संस्थाहरुबाट निशुल्क गर्भपतन सेवा उपलब्ध गराउने नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नु पर्ने गोष्ठीमा सहभागीहरुले बताएका छन् । 

लुकिछिपि रुपमा हुने असुरक्षित तथा गैरकानुनी व्यक्ति वा स्थानबाट हुने गर्भपतन न्यूनिकरणका लागि गर्भपतन सम्बन्धी कानुनी व्यवस्था तथा सुरक्षित गर्भपतन सेवाको बारेमा व्यापक सूचना तथा सन्देशहरु संप्रेषण गर्नु पर्ने बताईएको छ । 

सुरक्षित तथा कानुनी गर्भपतन सेवा विशेष गरि ग्रामीण क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीहरुमा पुग्ने गरी कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल गरिएको थियो । गोष्ठीमा स्वास्थ्यकर्मी, स्वयंमसेविका, सामाजिक सहजकर्ता, संचारकर्मी लगायतको उपस्थित रहेको थियो । 



बुधबार ०१, मङि्सर २०७८ ०८:२६ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.