कोभिड–१९ प्रतिकार्यका लागि जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

नजिक न्युज संवाददाता    

कोभिड–१९ प्रतिकार्यका लागि जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य सुरक्षा सामाग्री सहयोग

बाजुरा : जिल्ला अस्पताल बाजुरालाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । कोभिड–१९ प्रतिकार्यका लागि सुरक्षा सामाग्री सहयोग गरेको हो । 

कोइकाको आर्थिक सहयोग गुड नेवर्स ईन्टरनेसनल नेपालको साझेदारीमा पीसविन र किर्डाक नेपालद्धारा संयुक्त रुपमा सञ्चालित स्वास्थ्य अधिकार प्रवद्र्धन परियोजना मार्फत कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयोग गरिएको संस्थाले जनाएको छ ।

जिल्ला अस्पताल बाजुरालाई सर्जिकल मास्क, पीपीसेट, अक्सिजन कन्सन्टटेटर, अक्सिजन सिलिन्डर, नेबुलाइजेसन मेसिन, सेनिटाइजर लगायतका स्वास्थ्य साम्रागि सहयोग गरेका पीसविन बाजुराका परियोजना अधिकृत महेश जोशीले बताएका छन् । 

त्यस्तै जिल्लाका ५ वटा स्थानीय तहका १६ वटा स्वास्थ्य चौकी, जिल्ला स्तरिय कोभिड संकट व्यवस्थापन समन्वय समिति, पालिका स्तरिय कोभिड अस्पताल र स्वास्थ्य शाखा, परियोजनाका ५ वटा स्थानीय तहका कार्यालय, ४० वटा मावि विद्यालय, र १६२ जना महिला स्वास्थ्य स्वयंमसेविकाहरुलाई समेत कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सुरक्षा सामाग्री सहयो गरिएको परियोजना संयोजक देबेन्द्र शाहले बताएका छन् । 

No description available.संस्थाले ५९ लाख ९७ हजार ८ सय ८८ मुल्य बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको हो । जिल्ला अस्पताल बाजुरालाई मात्र १५ लाख भन्दा बढीको स्वास्थ्य सामाग्री सहयोग गरेको अस्पताल बाजुराले जनाएको छ । कोभिड–१९ लाई लक्षित गरी उक्त स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेको सहयोगी संस्थाले बताएको छ । कोरोना भाइरस लगायत अन्य विरामीको स्वास्थ्य उपचारमा सहजताका लागि सामाग्री सहयोग गरेको हो ।

स्वास्थ्य सुरक्षा सामाग्री सहयोगले कोभिडका बिरामीको उपचारमा ठुलो सहयोग पुग्ने जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाशराज जोशीले बताएका छन् । कोरोना भाइरस अझै नियन्त्रण्मा आएको छैन् यस अवस्थामा स्वास्थ्यकर्मी सुरक्षा र कोरोना भाइरसका विरामीको उपचारमा मध्येनजर गर्दै स्वास्थ्य सामाग्री सहयोग गरेकोमा जिल्ला अस्पताल बाजुराका अध्यक्ष भरत थापाले सहयोगी सबै संस्थाहरुलाई धन्यवाद दिएका छन् ।

वर्षायमदेखि जिल्लामा सडक अवरुद्धका कारण स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामाग्री तथा औषधी, कोभिड–१९ प्रतिकार्यका लागि स्वास्थ्य सुरक्षा सामाग्री अभाव भएको थियो, आफूहरुको स्वास्थ्य सुरक्षामा टेवा पुर्याएको भन्दै संस्थाप्रति स्वास्थ्यकर्मीहरुले खुसी व्यक्त गरेका छन् । 

त्यस्तै संस्थाले १६ वटा स्वास्थ्य संस्थाका ७१ स्थानमा साबुन पानीले हात धुनका लागि निश्चित स्थान र सामाग्रीको व्यवस्थापन समेत गरिएको सहयोगी सम्पूर्ण संस्थाहरुले जनाएको छ ।  



बुधबार ०१, मङि्सर २०७८ ०७:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.