मूल्यवृद्धिको विरोधमा बाजुरामा प्रधानमन्त्रीको पुत्ला दहन

नजिक न्युज संवाददाता    

मूल्यवृद्धिको विरोधमा बाजुरामा प्रधानमन्त्रीको पुत्ला दहन

बाजुरा : इन्धनको मूल्यवृद्धि गरेको विरोधमा बाजुराको मार्तडीमा अनेरास्ववियु सर्मथकले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । सरकारको विरोधमा नाराबाजी सहीत पुत्ला दहन गरेका हुन् । 

मार्तडी स्थित लोकतान्त्रीक चोकमा पुत्ला दहन गरेको विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् । सर्वसाधारणको ढाड सेक्नेगरी देउवा सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेको अनेरास्ववियुका अध्यक्ष राजीव रोकायाले बताएका छन् । 

परमादेश सरकार मुर्दावाद, जनविरोध गठबन्धन मुर्दावाद, भारतीय दलाल देउवा सरकार राजीनामा दे, मुल्य वृद्धि फिर्ता ले, नाफाघाटा जान्दैनौं मूल्यवृद्धि मान्दैनौं जस्ता नारा जुलुस सहीत अनेरास्ववियुले पुत्ला दहन गरेको हो । 

जनताको ढाड सेक्नेगरी वृद्धि गरिएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता लिन पनि अनेरास्ववियुले माग गरेको छ । १२ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नगरिएमा सरकारकै बर्हिगमनको निम्ति आन्दोलन गर्ने चेतावनी अनेरास्ववियुले दिएको छ । 

नेपाल आयल निगमले बुधबार रातिदेखि लागू हुनेगरी डिजेल तथा पेट्रोलमा ३÷३ रुपैयाँ र एलपी ग्यासमा ७५ रुपैयाँ बढाएको थियो । अनेरास्ववियुले मुल्य वृद्धिको विरोधमा देशव्यापी प्रर्दशन गरिरहेको छ । 

No description available.

मूल्यवृद्धि फिर्ता लिन सरकारलाई अनेरास्ववियु बाजुराको अल्टिमेटम
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुराले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । को पुत्ला दहन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत अनेरास्ववियुले महँगी, मूल्य वृद्धि, जन विरोध गतिविधी तत्काल रोक्न माग सहीत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको अनेरास्ववियुका जिल्ला अध्यक्ष राजीव रोकायाले बताएका छन् ।

अनेरास्ववियु बाजुराले परमादेशबाट जारी सरकारले जन विरोधी काम गर्दै गएकोले त्यसको खबरदारीका लागि विद्यार्थी आन्दोलनको विल्कप नभएकोले पहिलो चरणमा ध्यानाकर्षण गराएको बताएको छ ।

जिल्ला प्रशासन कार्यालय बाजुरामै पुगेर विद्यार्थी नेताहरुले मुल्य वृद्धि फिर्ता लिनु पर्ने, जनताको घरदैलामा पुग्ने खारेज गरिएका १४ सय सडक योजना पुन सञ्चालन गर्नु पर्ने माग गरेका छन् । 

साथै बाजुराका ग्रामिण सडकमा जीव व्यवसायीले मनोमानी भाडा असुली गरेको कार्य तत्काल माग गरेको छ । विद्यार्थीका माग प्रति सरकार जिम्मेवार नभए थप आन्दोलनका गतिविधी सार्वजनिक गर्ने अनेरास्ववियुले चेतावनी दिएको छ ।



शुक्रबार २६, कार्तिक २०७८ ०७:५४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.