एमालेको १० औं महाधिवेशन प्रतिनिधीका लागि बाजुराबाट ५० बढी आकाक्षी

नजिक न्युज संवाददाता    

एमालेको १० औं महाधिवेशन प्रतिनिधीका लागि बाजुराबाट ५० बढी आकाक्षी

बाजुरा :  नेकपा एमाले बाजुरा १० औं महाधिवेशन प्रतिनिधी छनोटको अन्तिम तयारीमा जुटेको छ । कात्र्तिक २७ गते भित्र सबै जिल्ला कमिटीले प्रतिनिधी छनोट गरि विवरण केन्द्रीय कमिटीलाई पठाइ सक्नु पर्ने निर्देशन समेत जारी गरिसकिएको छ ।

छनोट गरिसक्नु पर्ने मिति २ दिन मात्र बाँकी रहँदा नेता कार्यकर्ता पनि मार्तडी केन्द्रीत बनेका छन् । नेकपा एमाले केन्द्रीय सदस्य एवं बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी सहीत नेताहरु जिल्ला केन्द्रीत बनेका छन् ।

केन्द्रीय प्रतिनिधीका लागि निकै साघुँरो संख्या राखेर मापदण्ड बनाएपछि नेताहरु नाम समेटिदैन की भन्ने पीरमा छन् । बाजुराबाट बढी १९ जना प्रतिनिधी जान पाउने भनिएको छ । त्यसैमा दलित, महिला, जनजाति सहीतको कोटा केन्द्रबाटै अनिवार्य गरिएको छ । तर ५० बढी आकाक्षी देखिएका छन् ।  

जसका कारण महिला र दलित प्रतिनिधीका हकमा केही सहज जस्तो देखिएपनि खुला प्रतिस्पर्धामा सबै समेटिने अवस्था नै छैन् । पार्टी केन्द्रीय सदस्य स्वतः प्रतिनिधी हुने व्यस्था छ । त्यसो हुँदा केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा र प्रकाश शाहले स्वतः प्रतिनिधी हुन् ।

बाँकी प्रदेश कमिटी उपसचिव बल्देव रेग्मी, पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही, प्रदेश कमिटी सदस्य सहदेव बोगटी, रंगमान शाही, लालबहादुर ओली, मनलाल खत्री मिलन, अजबहादुर मल्ल, वीर बहादुर शाही, मिनबहादुर विष्ट, चन्द्र बहादुर थापा, बसुन्धरा रोकाया, दयाल बहादुर शाही  प्रमुख दाबेदार हुन् ।

यस्तै पार्टी सचिव भरत बुढा, जनक कुमार बोहरा, भरत थापा, अमर खड्का, पेम्बा गुरुग भोटे, हरि रोकाया, काशी विक, अर्जुन रोकाया, रामबहादुर बाँनीया, दिपक रावत, दिलबहादुर रावत, जनक विष्ट, रामलाल कार्की, मेघराज शाही, मन्देवी ओली, सिता थापा, सृष्टी रेग्मी, ऐना गिरी, माया थापा, देवु खाती, गीता रावल, दुधकला ताम्राकार, सीता बराल, कोपीला सिंह, शुशिला शाही, काल्चे दमाई, लगायतका नेताहरु पनि आकाक्षी छन् । 

केन्द्रीय नेताहरुले हस्ताक्षेप गर्ने संभावना रहेकोले केहीले आफुहरु नपर्ने भन्ने मानसिकता बनाइसकेका छन् । भने केहीले नेताहरुले च्यापेरै भएपनि आफूहरु प्रतिनिधीमा पर्ने भन्ने आश गरेका छन् । 

एमालेका २२ वटा जनवर्गीय संगठन मध्ये केन्द्रीय पदाधिकारी प्रदेश अध्यक्षहरु पनि भाग पाउनु पर्ने अडानमा छन् । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकाया, युवा संघका सचिव गणेश थापा, राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष तुला बहादुर थापा, प्रेस चौतारीका प्रदेश अध्यक्ष कृष्ण ओली र जनसाँस्कृतिक महासंघका प्रदेश अध्यक्ष विनोद बाजुरालीले पनि रुचि राखेका छन् । 

यसैगरी पालिका अधिवेशनबाट नेतृत्वमा आएका युवा अनुहारहरुले पनि आकाक्षा राखेको देखिन्छ । बुढीगंगा नगरकमिटी अध्यक्ष नरेन्द्र थापा, बडिमालिका नगर कमिटी अध्यक्ष धर्मराज पाध्याय,बुढीनन्दा नगर कमिटीका इन्चार्ज राजन रोकाया, युवा नेताहरु कृष्ण थापा, कृष्ण कुमार बम, चेतनदीप अयडी सहीतले पनि प्रतिनिधीमा जाने रुचि देखाएका छन् । 

बलिया जनवर्गिय संगठनको नेतृत्व तहमा रहेर आफूहरुले पार्टी कमिटी निर्माणमा खेलेको भूमिकाको पनि मूल्याकंन हुनु पर्ने माग उनीहरुको छ । तर प्रत्यक्ष राजनीतिमा जोडिएकाहरुलाई नै सहमतिका आधारमा प्रतिनिधी बनाउने आन्तरिक तयारी रहेको छ । 

 



बिहिबार २५, कार्तिक २०७८ ०६:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.