मनकारी दिदीबहिनीले गरिन भाइटिकाको दक्षिणा बाल आश्रमलाई सहयोग

नजिक न्युज संवाददाता    

मनकारी दिदीबहिनीले गरिन भाइटिकाको दक्षिणा बाल आश्रमलाई सहयोग

बाजुरा : समाज व्यक्ति केन्द्रीत हुन थालेको चिन्ती बढीरहँदा अरुका लागि सोच्नेहरुको संख्यामा पनि कमि छैन् । समाजका आफ्ना लागि भन्दा अरुका लागि सोच्ने र सहयोग गर्नेहरु निकै कम छन् । तरपनि सहयोगको मात्रा कम बढी जति भएपनि मन हुनेहरुले सहयोगलाई सेवा ठान्ने गरेका छन् ।

त्यस्तै व्यवहार बाजुराका पाँच दिदी बहिनीले पनि देखाएका छन् । उनीहरुले आफूहरुले प्राप्त गरेको भाइटिकाको दक्षिणा बाल अनाथ आश्रमलाई सहयोग गरेका छन् । तिहारको भाइटिकामा प्राप्त दक्षिणाबाट केही चिनो किन्ने, माइतिको सम्झना साँट्ने चलन हुन्छ ।  

तर ती पाँच दिदी बहिनीले आफूले पाएको दक्षिणा कन्सन बाजुराले सञ्चालन गरेको बाल आश्रमलाई सहयोग गरिदिएका छन् । बाल आश्रमममा १३ जना अनाथ बालबालिका बस्ने गरेका छन् ।

कुसुम सविता थापा, पुजा थापा, लक्ष्मी थापा, निर्मिता थापा सहीतले आफूले भाइटीकामा प्राप्त दक्षिणा बाल आश्रमलाई सहयोग गरेका छन् । बाल आश्रमका आजीवन सदस्य नरेन्द्र थापाले पाँच दिदी बहीनीको प्राप्त दक्षिणा कन्सन बाजुराका अध्यक्ष बहादुर थापालाई हस्तान्त्रण गरेका छन् ।

रकम थोरै भएपनि आफूहरुको खुसी साहरा विहीन बालबालिकालाई बाँड्न खोजेको सविता थापाले बताएकी छन् । देउसी–भैलोको परम्परागत शैलीमा परिवर्तन आई आधुनिक बाजागाजा, नृत्य र समग्रमा भन्नुपर्दा जीवनशैली नै फेरिन थालेको देखिन्छ । आफू र आफ्नो लागि बढी चिन्तित हुने समाजका लागि पाँच दिदी बहिनीको सानो प्रयासले पनि थप सिकाइ सकारात्मक सन्देश दिएको छ । 

सुख, शान्ति, आरोग्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्नुपर्ने भाइपूजामा आधुनिकताले आपसमा अनावश्यक प्रतिस्पर्धा र देखावटीपन बढाएको स्पष्ट भइरहँदा पाँच दिदी बहिनीको प्रयासले थप उर्जा र उत्साह बढाएको छ । 

यस्तै मनकारी र सहयोगीहरुले नै बाल आश्रम सञ्चालन गर्नमा सहज र साहस मिलेको कन्सनका अध्यक्ष बहादुर थापाले बताएका छन् । सहयोग हस्तात्रण कार्यक्रममा रामबहादुर बाँनीया, दिलबहादुर कुँवर पदम भण्डारी सहीत पनि सहभागि थिए ।

No description available.



आइतबार २१, कार्तिक २०७८ ११:२४ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.