नेत्र शाही र पानसरा थापाबीच मार्तडीमा लाइभ देउडा

नजिक न्युज संवाददाता    

नेत्र शाही र पानसरा थापाबीच मार्तडीमा लाइभ देउडा

बाजुरा : देउडा सँस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि बडिमालिका नगरपालिका ८ मार्तडीमा लाइभ देउडा आयोजना गरिएको छ । देउडा क्षेत्रकै चर्चित जोडी नेत्र शाही र पानसरा थापा बोलाएर ८ नम्बर वडा कार्यालयले बृहत लाइभ देउडा कार्यक्रमको आयोजना गरेको हो ।

तिहार पर्वको अवसर पारी देउडा क्षेत्रका हस्ती सहीतको सहभागितामा कार्यक्रम गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् । दोस्रो वडा कपको समापन सहीत देउडा कार्यक्रम आयोजना गरिएको हो ।

देउडा गीतका पारखी सहीतको टोली बोलाएर कार्यक्रम आयोजना गरिएको हो । मार्तडीको अनन्ते मैदान उपरकोटमा देउडा कार्यक्रम आयोजना गरिएको छ । देउा सँस्कृतिको प्रवद्र्धन र विकासमा कार्यक्रमले ठूलो योगदान पुग्ने गीतकार राजेन्द्र शमाह बिपीले बताएका छन् ।

देउडा क्षेत्रका हस्ती नेत्रबहादुर शाही र पानसरा थापालाई देउडा हस्तीहरुले बाजागाजा सहीत जिल्लामा भव्य स्वागत गरेका थिए । दिउँसो २ बजेबाट लाइभ देउडा सुरु गरिएको थियो । मौलिक पहिरन सहीत जिल्लाका देउडा पारखीले लाइभ देउडामा भाग लिएका छन् ।

देउडा सँस्कृतिको संरक्षण, देउडा खेलाडीको प्रवद्र्धन र बाजुराको शान देउडा साहित्यको विकासका लागि कार्यक्रमले सहयोग पुगेको विश्वास आयोजकले राखेको छ । नगर प्रमुख उपप्रमुख सहीत नेताहरु समेत गीतमा सहभागि भएका छन् ।



बुधबार १७, कार्तिक २०७८ ०८:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.