दोस्रो बडिमालिका नगर कपको उपाधी बडीमालिका ९ लाई

नजिक न्युज संवाददाता    

दोस्रो बडिमालिका नगर कपको उपाधी बडीमालिका ९ लाई

बाजुरा : मार्तडीमा जारी नगर स्तरीय सेभेन एसाइड फुटबल प्रतियोगिताको उपाधी बडिमालिका नगरपालिका ९ ले हात पारेको छ । आयोजक बडिमालिका ८ लाई पराजित गर्दै बडिमालिका ९ ले उपाधी हात पारेको हो । गएको वर्ष पनि यो प्रतियोगिता बडिमालिका ९ ले नै हात पारेको थियो ।

बडिमालिका नगरपालिका ८ ले दशै तिहारको अवसर पारी गएको वर्षदेखि प्रतियोगिता गर्दैै आएको छ । बडिमालिका नगरपालिका भित्रका मात्र टिमले सहभागि हुन पाउने र प्रत्येक टिममा बढीमा २ जना मात्र बाहिरका खेलाडी राख्न पाउने प्रावधान राखिएको थियो ।

फाइनल खेलमा आयोजक बडीमालिका ८ लाई २–१ ले पराजित गर्दै बडीमालिका ९ ले उपाधी हात पारेको हो । सि डिभिजन लिग खेलिसकेका खेलाडीले भरिएका दुबै टिमबीच कडा प्रतिस्प्रर्धा चलेको थियो । 

बाजुरा क्याम्पसको मैदानमा पराजित आयोजक भने उपविजेतामा सीमित बनेको छ । प्रतियोगिताको विजेता बनेको बडीमालिका ९ ले ट्रफि, मेडल, प्रमाणपत्र सहित ५१ हजार १ सय ११ नगद पुरस्कार राशी मध्ये ३८ हजार नगद प्राप्त गरेको हो । 

त्यस्तै उपविजेता बनेको आयोजक बडीमालिका ८ ले २१ हजार १ सय ११ नगद सहित प्रमाणपत्र, ट्रफी, मेडल प्रदान गरेको छ । पाँच दिनसम्म बाजुरा क्याम्पसको खेलमैदानमा जारी प्रतियोगितामा उत्कृष्ठ डिफेण्डर बडीमालिका–९ का खेलाडी श्याम विक घोषित भएका छन् । 

त्यस्तै उत्कृष्ट खेलाडीमा आयोजक टिमका जीवन रावल र उत्कृष्ट गोल किपरमा आयोजककै चेत रावल भएका छन् । प्रतियोगितामा बडीमालिका नगरपालिका भित्रका ९ वटा टिम सहभागि थिए ।

नगरपालिका भित्रका खेलाडीहरूको प्रतिभालाई पहिचान गराउने उद्वेश्यले बडीमालिका–८ले तिहारको अवसरमा दोस्रो नगर स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरेको र यसलाइ प्रत्येक वर्ष निरन्तरता दिने वडा अध्यक्ष प्रकाश रावलले बताएका छन् ।

बडीमालिका ८ का वडा अध्यक्ष प्रकाश रावलको अध्यक्षतामा सम्पन्न भएको समापन समारोहमा बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल, उपप्रमुख कविता विष्ट सहित सहभागि रहनु भएको थियो । कार्यक्रमको सञ्चालन बलवान ऐडीले गरेका थिए ।



बुधबार १७, कार्तिक २०७८ ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.