तेस्रो पदम स्मृति खुला भलिबल प्रतियोगिताको उपाधी कन्सनले उचाल्यो

नजिक न्युज संवाददाता    

तेस्रो पदम स्मृति खुला भलिबल प्रतियोगिताको उपाधी कन्सनले उचाल्यो

बाजुरा : तेस्रो पदम स्मृति खुला भलिबल प्रतियोगिताको उपाधी कन्सन बाजुराले उचालेको छ । अनाथ बालबालिकाको सुरक्षाका लागि बाल आश्रम सञ्चालन गरिरहेको कन्सन बाजुराले१६ टिमलाई पछि पार्दैे उपाधी हात पारेको हो ।

फाइन खेलमा संगम मल्टी प्रपोज ताम्सुलाई पराजित गर्दै उपाधी हात पारेको हो । यसै साता सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता जितेको कन्सनले पैमामा आयोजित भलिबल प्रतियोगिताको पनि उपाधी हात पारेको हो ।

उपाधी जितेसँगै कन्सन बाजुराले ७१ हजार नगद, प्रमाण पत्र, मेडल र ट्रफी हात पारेको छ । भने उपविजेता बने को संगम मल्टी प्रपोज ताम्सुले ३५ हजार नगद, मेडल, प्रमाण पत्र र ट्रफी हात पारेको छ ।

सेमिफाइनलमा संगम मल्टी प्रपोजले केपी बा स्पोर्टस क्लब र कन्सन बाजुराले खप्तड मालिका युवा क्लबलाई पराजित गर्दै फाइनल पुगेका थिए । कार्यक्रम भव्य साँस्कृतिक कार्यक्रका बीच 

दिपावलीको अवसर पारी आयोजना गरेको प्रतियोगिताको आजै समापन गरिएको छ । हरेक वर्ष दशैं तिहासको अवसर पारी पदम स्मृति खुला भलिबल प्रतियोगिता आयोजना गर्ने गरेको राजेन्द्र खत्रीले बताएका छन् ।

त्रिवेणी नगरपालिका ९ पैमामा जारी छ । १६ टिम सहभागि खेलमा आज सेमिफाइनका खेलहरु सुरु भएका छन् । आज संगम मल्टी प्रपोज र केपी बा स्पोर्टस क्लब सेमिफाइनलमा भिडेका छन् ।

 



सोमबार १५, कार्तिक २०७८ ०७:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.