तेस्रो छेडेहद कपको उपाधी पनि कन्सन बाजुरालाई, रानीवन बन्यो उपविजेता

नजिक न्युज संवाददाता    

तेस्रो छेडेहद कपको उपाधी पनि कन्सन बाजुरालाई, रानीवन बन्यो उपविजेता

बाजुरा : सर्वाधिक धनराशीको तेस्रो छेडेदह कप फुटबल प्रतियोगिता २०७८ को उपाधी फेरि पनि कन्सन बाजुराले उचालेको छ । पहिलो संस्करण देखि उपाधीमा कब्जा जमाएको कन्सनले तेस्रो संस्करणसम्म पुग्दा पनि त्यस्को निरन्तरता दिएको छ ।

कन्सनले छेडेदह कपका तीन वटै संस्करण माथि कब्जा जमाएर ह्याट्रिक गर्न सफल भएको छ । प्रतियोगितामा सहभागि २० टिम मध्ये कन्सन बाजुरा र रानीवन स्पोर्टस क्लब फाइनल पुगेका थिए । फाइन खेलको ९० मिनेटमा दुबै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।  

१–१ गोलको बराबरी पछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा रानीवनका २ खेलाडीको प्रहार कन्सनका गोल रक्षक जियाराम सेखले रोकेपछि कन्सन उपाधीको हकदार बनेको हो । उपाधी जितेसँगै कन्सनले २ लाख २२ हजार २ सय २२ रुपैया नगद, ट्रफी, मेडल र प्रमाण पत्र हात पारेको छ । 

उपाधीसँगै कन्सन बाजुराकै गोल रक्षक जियाराम सेख उत्कृष्ट गोल रक्षक, युवराज ढकाल उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्ताको उपाधीबाट सम्मानीत भएका छन् । युवराज ढकालले खेल अवधीभर ४ वटा गोल गरेका थिए । 

यस्तै उपविजेता बनेको रानीवन स्पोर्टस क्लबले १ लाख ११ हजार १ सय ११ रुपैया नगद, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । रानीवनका खेम चयाराले उत्कृष्ट डिफेन्डर र आयोजक छेडेदह स्पोर्टस क्लब रातो टिमका १४ वर्षका खेलाडी निराजन धामीले उदयमान खेलाडीको उपाधी हात पारेका छन् । 

No description available.विजेता कन्सन बाजुराले आयोजक रातो र उपविजेता रानीवनले नौविस युवा क्लबलाई हराएर फाइन पुगेका थिए । दुबै टोली अपराजित यात्रा सहीत फाइनल पुगेका हुन् । ए, बि र सि डिभिजन खेल खेलीसकेका खेलाडीले भरिएको दुबै टिमले उत्कृष्ट खेल प्रर्दशन गरेका थिए । 

बाजुराको इतिहासमा छेडेदह स्पोर्टस क्लब मात्र लगातार तीन वटा संस्करण सम्पन्न गर्न सफल क्लब हो । एन्फा रेफ्री खुमबहादुर ओली, शिवहरि शर्मा, विवेश गुरुग र मानबहादुर बोहराले खेल खेलाएका थिए ।

विजेता र उपविजेता टोलीलाई कार्यक्रमका प्रमुख अतिथी सभासद महा नेपाली, नेकपा एमाले नेता लालबहादुर ओली, खप्तड छेडेदह गाउँपालिका ७ का वडा अध्यक्ष खगेन्द्र रावत सहीतले सम्मान गरेका थिए । कन्सनलाई मिलन रेग्मी, र रानीवनलाई कुवेर सिंहले कप्तानी सम्हालेका थिए । टिम कन्सनमा मिलन रेग्मी, जियाराम सेख, अनिश परियार, आशिष श्रेष्ठ, साजन माझी, श्याम विक, अर्जुन विष्ट, दिनेश बोहरा, प्रवीन चदारा, विवेक संजेल, युवराज ढकाल, दिनेश धामी, विरेन्द्र चन्द्र, अनिल सुनार, जनक चदारा, लेकन शाही र रिदम ओली थिए । भने गणेश थापाले प्रशिक्षक र पदम भण्डारीले व्यवस्थापकको भूमिका निर्वाह गरेका थिए ।

No description available.कन्सन बाजुराको टिममा ८ वर्षका रिदम ओलीलाई समेत खेलाडीका रुपमा समेटिएको थियो । छेडेदह स्पोर्टस क्लबको आयोजनामा सञ्चालित खेल कात्र्तिक ११ गतेदेखि हुने भनिएपनि पानीका कारण चार दिन ढिला सुरु भएको हो । खेल आयोजनामा ६ र ७ नम्बर वडा कार्यालय, राष्ट्रिय खेलकुद परिषद्, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, जिल्ला खेलकुद समिति बाजुराले सहकार्य गरेको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् ।

खेलमा पीसविन गुड नेवर्स इन्टर नेशनलले किशोरी शसक्तीकरण, महिलावारी स्वच्छता शिक्षा बारे स्टल राखेर सचेतना मुलक गतिविधी सञ्चालन गरिएको थियो । न्यू खप्तड टे«र्डस एण्ड अर्डर सप्लायर्स, बाँनीया होटल एण्ड लज, बढालेक फेन्सी स्टोर, दिनेश टे«र्डस, रावत फेन्सी स्टोर, डि आर ग्रिल उद्योग, महालक्ष्मी मोबाइल ग्यालरी, अखिल नेपाल फुटबल संघ एन्फा, युवा व्यवसायी पदम नेपाली सहीतले सहकार्य गरेको क्लबका सचिव लक्ष्मण ओलीले बताएका छन् । 

No description available.अन्तर्राष्ट्रिय मापदण्ड पुरा भएको खेल मैदान बनाउने संकल्प सहीत स्थानीय लागि परेका थिए । खेल नगरिको रुपमा विकास गर्ने गरि आफूहरु लागि परेका कार्यक्रममा सभासद महा नेपाली र एमाले नेता लालबहादुर ओलीले जानकारी गराएका थिए । 

वडा अध्यक्ष खगेन्द्र रावतले छेडेदह स्पोर्टस क्लबसँगको सहकार्यमा चौथो संस्करण पनि सञ्चालन गर्ने जानकारी गराएका थिए । खेल अवधीभर करिब १ करोड बराबरको आर्थिक कारोबार भएको अनुमान गरिएको छ । दशैको तेस्रो दिनबाट खेल आयोजना गर्ने क्लबको निर्णयलाई आगामी वर्ष पनि निरन्तरता दिने क्लबका संरक्षक एवं खेल संयोजक कृष्ण ओलीले बताएका छन् । प्रतियोगिता सञ्चालनका लागि नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष एवं पूर्व मन्त्री कर्णबहादुर थापाले १ लाख व्यक्तिगत सहयोग गर्नु भएको छ । 

No description available.No description available.No description available.



बिहिबार ११, कार्तिक २०७८ ११:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.