छेडेदह कप फुटबल : फाइनलमा रानीवन र कन्सर्न बाजुरा भिड्ने

नजिक न्युज संवाददाता    

छेडेदह कप फुटबल : फाइनलमा रानीवन र कन्सर्न बाजुरा भिड्ने

बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिका–७ आटिचौरमा संचालन गरिएको दोस्रो छेडेदह कप फुटबल प्रतियोगिताको सेमी फाइनलका खेल सकिएको क्लवका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । 

कार्तिक १ गतेबाट संचालन भएको उक्त फुटबल प्रतियोगिता जारी रहेको छ । सोही गाउँपालिका–७ को दशरथ माध्यमिक विद्यालयको खेलमैदानमा भइरहेको फुटबल प्रतिटयोगिता मंगलबार सेमी फाईनलका खेल सकिएको अध्यक्ष खड्काले बताए । 

मंगलबार भएको सेमी फाइनलका खेलमा रानीवन  स्पोर्टस क्लव बाजुरा र कन्सर्न बाजुरा बीच पहिलो खेल भएको हो । रानीवन र कन्सर्न बीच भएको सेमी फइनलमा रानीवनले कन्सर्नलाई ३ का विरुद्ध शुन्यले पराजित गरेर फाइनल चरणमा पुगेको क्लवका सचिव लक्ष्मण ओलीले बताएका छन् । 

सेमी फाइनलको दोस्रो चरणको खेलमा आयोजक र कन्सर्न बाजुरा बीच प्रतिस्पर्धा भएको सचिव ओलीले बताए । घरेलु मैदानमा सेमी फाइनलमा प्रवेश गरेको आयोजकलाई कन्सर्न बाजुराले पराजित गरेर फाइनलमा पुगेको सचिव ओलीको भनाई रहेको छ । 

कन्सर्न बाजुराले आयोजकलाई ५ का विरुद्ध १ गोलले पराजित गर्दै कन्सर्न बाजुरा फाइन चरणमा पुगेको हो । फाइनल चरणका खेल बुधबार विहान १०:०० बजेबाट सुचारु हुने सचिव ओलीले बताए । बुधबार हुने फाइनल चरणको खेलमा रानीवन स्पोर्टस क्लव र कन्सर्न बाजुरा बीच हुने भएको छ । जिल्लाको सर्वाधिक धनराशीको कप फुटबल प्रतियोगितामा ३० टिम सहभागी रहेका थिए । हरेक वर्ष संचालन हुदै आएको छेडेदह कपमा प्रथम हुनेलाई 

फुटबल प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र पदान गरिने गरिने छ भने उपविजेतालाई १ लाख ११ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि सहीत प्रमाण पत्र प्रदान गरिने र खेलमा उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सार्वाधिक गोल कतौलाई पुरस्कार सहीत मेडल र प्रमाण–पत्र प्रदान गरिने छेडेदह स्पोर्टस् क्लबका सदस्य विशाल ओलीले बताएका छन् ।

खेल क्षेत्रको विकास र खेल प्रति युवा आकर्षण बढाउन क्लबले रहेक वर्ष प्रतियोगिता सञ्चालन गर्दै आएको छ । खेल एन्फाकै रेफ्रीद्धारा खेलाएको  छ । भने देशका जुनसुकै क्षेत्र र जिल्लाबाट पनि भाग लिन पाउने गरि आयोजना हुन लागेको हो । 

अघिल्लो वर्ष विजेतालाई १ लाख ५५ हजार ५ सय ५५ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र र उपविजेतालाई १ लाख १ हजार १ सय ११ नगद सहीत मेडल ट्रफि र प्रमाण पत्र प्रदान गरिएको थियो । हरेक वर्ष दशैंतिहारलाई लक्षित गर्दै ठुलो धनराशीमा क्लबले प्रतियोगिताको आयोजना गर्दै आएको छ । 



मङ्गलबार ०९, कार्तिक २०७८ ०७:५३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.