धनगढी : कैलालीमा झण्डै दुई सय ५० मिटर हुलाकी सडक बाढीले बगाएको छ। जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ८ बनगाँउस्थित हुलाकी सडकको दुई सय ५० मिटर खण्ड बाढीले बगाएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार कर्णाली नदीको भङ्गालो आएपछि झण्डै दुई सय ५० मिटर सडक बगेको हो। ‘सडक बाढीले बगाएपछि आवतजावत पूर्ण रुपमा ठप्प छ,’ प्रहरी नायब उपरीक्षक बिष्टले भने। यस्तै कैलालीको पूर्वी क्षेत्रमा कर्णाली नदीमा आएको बाढीले थुप्रै गाउँ प्रभावित छन्।
बाढीले सबैभन्दा धेरै टीकापुर नगरपालिकाको दक्षिणी क्षेत्रलाई प्रभावित पारेको छ। बाढीले जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका समेत केही बस्तीमा क्षति पु¥याएको छ। बाढीले हजारौं विघा क्षेत्रमा लगाइएको धानखेती बगाएको छ।
प्रतिकृया दिनुहोस