रानीवन स्पोर्टस् क्लब एन्फाको ‘सि’ डिभिजनमा भाग लिन सफल

नजिक न्युज संवाददाता    

रानीवन स्पोर्टस्  क्लब एन्फाको ‘सि’ डिभिजनमा भाग लिन सफल

बाजुरा : बाजुराको रानीबन स्पोर्टस क्लब राजधानी काठमाण्डौंमा भएको सी डिभिजन खेलको विजेता बनेको छ ।

रानीवनले सोमबार दिउँसो एन्फाग्राउण्ड सातदोबाटोमा भएको फाइनल खेलमा युनाईटेड फुटवल क्लवलाई शुन्यका विरुद्ध १ गोल गर्दै खेलको विजेता बनेको हो । 

रानीवन यो खेलमा विजेता बनेसंगै बाजुराबाट पहिलो पटक एन्फाको सि डिभिजनमा भाग लिन सफल भएको छ । आज भएको खेलमा रानीवन स्पोर्ट्स क्लबका लागि जर्सी नम्बर १८ का सन्दिप कुँवरले १ वटा उत्कृष्ट गोल गरेका थिए । आज भएको फाईनल खेलमा कुँवर खेलको ‘म्यान अफ द म्याच’ घोषित भएका छन् ।

बाजुराबाट १ हजार किलोमिटरको यात्रा गरेर पहिलोपटक राजधानीमा एन्फाद्धारा आयोजना गरिएको सि डिभिजन फुटबल खेलमा सूरुदेखि नै उत्कृष्ठ खेल प्रर्दशन गर्दै फाईनलमा प्रवेश गरेको थियो । खेलमा देशभरका ७८ वटा टिम सहभागि भएका थिए ।



सोमबार २५, असोज २०७८ ०५:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.