सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु

नजिक न्युज संवाददाता    

सेती अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु
फाइद फाेटाे

धनगढी: धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ। कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–९ की ८० वर्षीया वृद्धाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जनाकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा थप सोमबार १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६९ जनाको नमूना परिक्षण गरिएकोमा १८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

हाल अस्पतालमा ६ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ५ जनाको आइसियूमा उपचार भइरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालले जनाएकोे छ। यस्तै अस्पतालमा १ जना बिरामी भर्ना भएका छन्। 



सोमबार २५, असोज २०७८ ०१:१८ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.