कैलालीमा भैँसी चोरेको आरोप लागेका युवक प्रहरी हिरासतमा मृत फेला

नजिक न्युज संवाददाता    

कैलालीमा भैँसी चोरेको आरोप लागेका युवक प्रहरी हिरासतमा मृत फेला

धनगढी : कैलाली प्रहरीको हिरासत कक्षमा एक जना मृत फेला परेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक जना मृत फेला परेका हुन्।

 लाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेटरको सरियामा सुर्खेतको चौकुने गाउँपालिका–३ बेतानका ३५ वर्षीय धनबहादुर राना झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए। बिष्टका अनुसार भैँसी चोरीको आरोप लागेपछि प्रहरीले सोधपुछका लागि उनलाई नियन्त्रणमा लिएको थियो। 

कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुरका पुलुराम थारुको एउटा भैंसी चोरी भएको थियो। खोजतलास गर्दै जाँदा लम्कीचुहा नगरपालिका–५ थापापुरस्थित झुलुङ्गे पुल नजिक भैसीसहित रानालाई भैंसी धनीले फेला पारी प्रहरीलाई खबर गरेका थिए।

उनी आज बिहान हिरासत कक्ष भित्र रहेको शौचालयको भेन्टिलेसनको सरियामा गञ्जीको डोरी बनाई झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्। सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 



सोमबार २५, असोज २०७८ ११:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.