दशैं आयो आमा–बुबाको यादले सतायो  !

सन्तोषी रावल    

दशैं आयो आमा–बुबाको यादले सतायो  !

सन्ताेषी रावल,

स्वर्गीय आमा बुवा दशैँतिहार आयो अरुको लागि गाउँघरमा कति रमाईलो छ । जसरी हामीले २०७७ साल अघिको  पहिलासंगै बसेर दशैँको टिका लगायौं ।  तिहारमा संगै थियौं हजुरले खुसी हुदैँ हाम्रो प्रगतिको कामना गर्नु भएको  थियो । 

हामी त्यसैमा खुसि हुन्थ्यौं हजुरहरुको हसिलो अनुहार हेरेरै हामीलाई आनन्द र खुसि मिल्थ्यो त्यो खुसी हजुर नहँुदा हामी कस्तो टुहुरो भएर बसेका छौं । बुवा हजुरले नि घटस्थापनाको अघिल्लो दिनमै हामीलाई फोन गरेर बा, अब घरमा आउँ है यो दशैँमा अघिल्लो वर्षको भन्दा झन खुसी भएर बनाउनु पर्छ भन्नु हुन्थ्यो र सारै रमाइलो पनि भयो । 

बुबा यो वर्ष खै त हामीलाई फोन आएकोे नत विवाहा गरेर पराइ घरमा गएका दिदीबहिनीले माइती घर आउन सुर गर्यो न हामीले बोलाउन सक्यौ । हजुर विना हामीलाई कति गारो भएको छ । दशैँ नजिकिएसंगै गाउँघरमा  झिलीमिली छ, सबैको मनमा उमंग र हर्षल्लास छाएको छ, वरिपरीका दाजुभाई बाहिरबाट घर आएका छन् । खुसी भएर बसेका छन् ।  हाम्रो घरमा न त रमझम छ, न त दाजुभाई नै आए ।  

बुवा आमा थाहा छ, हाम्रो घरमा हजुरहरु नहुनाले सबैको आँखामा आसु मात्रै छ । यो दशँैमा सबैले टिका लाउलान आसिर्वद देलान हामीलाई कस्ले दिन्छ ? बुवा हजुरले त छोडेर जाँनुभयो थाहा छ, हजुरले यो धर्ति छोडेको १६ दिनमा आमाले नि छोड्नु भएको हो । यो दशँैमा हजुरहरु विना कस्तो खल्लो लागेको छ । घरमा नि कसरी जाँम चित्त कसरी ठोक्नु आमा बुबा । 

दशैँ आउँदा काठमाण्डौबाट दाइभाई सबै आउथ्ये घरमा कति रमाइलो हुन्थ्यो यो वर्ष को दशँै हजुर विना साच्चै दशा नै भएको छ, दाइभाई काठमाण्डौ नत उनीहरु खुसि छन । न त विवाहा गरेर गएका दिदीहरु खुसी छन् ।

न हामी घरका मान्छे खुसी छौं । हजुरहरु हाम्रो घरको मुल मान्छे मुल मान्छे नै छैन भने के  अर्थ घर परिवार खुसी कसरी हुनु । आमा बुवा हजुर जहाँ हुनु हुन्छ खुसीसंग बस्नु सपनामा आउनु अर्ति उपदेश सपनामै दिनु त्यति मै सिमीत हुने छ । हामीलाई नि हजुरहरुको मायाको सधै अभाव हुनेछ आमा बुबा । हार्दिक श्रद्धाञ्जली आमा बुवा



आइतबार २४, असोज २०७८ ०४:२० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.