एमाले नेताहरु भन्छन् : ओली सरकारका सफलता सुनाएर दशैं तिहारको शुभकामना बाँड्छौं

नजिक न्युज संवाददाता    

एमाले नेताहरु भन्छन् : ओली सरकारका सफलता सुनाएर दशैं तिहारको शुभकामना बाँड्छौं

बाजुरा : नेकपा एमाले बुढीगंगा नगरपालिका २ र ३ नम्बर वडा कमिटीले दशैं तिहार विशेष कार्यकर्ता भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । आपसी भेटघाट र पार्टी संगठनका पछिल्ला गतिबिधी बारे छलफल गर्न कार्यक्रम आयोजना गरेको हो ।

नगर कमिटीले प्रत्येक वडा स्तरमा वडा कमिटी मार्फत कार्यकर्ता तथा जनतासँगको भेटघाटको अवसर र पार्टी संगठनको पछिल्लो भूमिका बारे छलफल गर्न कार्यक्रम गरिरहेको नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले बताएका छन् । 

बुढीगंगा नगर कमिटीले प्रत्येक वडा स्तरमा कार्यक्रम गरिरहेको छ । आज मात्र बुढीगंगा नगरपालिका २ र ३ को सयुक्त कार्यक्रम आयोजना गरेको छ । पार्टी सचिवालय सदस्य भरत थापाको प्रमुख आतिथ्यतामा सञ्चालन भएको कार्यक्रममा नेताहरु रामबहादुर बाँनीया, हिक्मत थापा, दीलबहादुर कुँवर, गणेश थापा, कृष्ण थापा, विमला थापा, माया कुँवर, शिक्षक संगठनका नेता तुला थापा सहीत सहभागि थिए ।

कार्यक्रममा नेताहरुले दशै. तिहारको शुभकामना सन्देशमा ओली सरकारले गरेका कामको सफलता सुनाउन आग्रह गरेका छन् । एमाले अध्यक्ष केपी ओली सरकारको पालामा गरिएको देशी विदेशी सफलता र राष्ट्र निर्माणका कामलाई जनतामा पुर्याउनु पर्ने सुझाव दिएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि भरत थापाले वर्तमान गठनबन्धन सरकार विदेशीको इशारा र परमादेशको आदेशमा काम गरिरहेको आरोप लगाएका छन् । देउवा नेतृत्वका कुनै सरकार पनि देशको पक्षमा नभएको र यो प्रचण्ड र माधव जस्ता राजनीतिक गद्दार मिलेर बन्दा झनै बद्नामीत बनेको आरोप एमाले नेताहरुले लगाएका छन् । कार्यक्रम वडा कमिटी अध्यक्ष रमेश थापाको अध्यक्षतामा सञ्चालन भएको हो ।



शनिबार २३, असोज २०७८ ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.