सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई

नजिक न्युज संवाददाता    

सुदूरपश्चिम प्रदेशस्तरीय भलिबल प्रतियोगिताको उपाधि डोटीलाई
फाइल फाेटाे

धनगढीः धनगढीमा आयोजना गरिएको प्रथम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ। फाइनलमा पुगेको डडेल्धुरालाई ३-० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो। 

उपाधिसँगै डोटीले नगद एक लाखसहित ट्रफी पाएको छ भने डडेल्धुराले नगद ५० हजारसहित ट्रफीमा चित्त बुझाएको छ। यस्तै प्रतियोगिताको सेमिफाइनलसम्म पुग्ने दुई टीम कैलाली र कन्चनपुरले पच्चिस पच्चिस हजार नगदसहित ट्रफी पाएका छन्।

विभिन्न ५ वटा विधाका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको छ। सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा प्रतियोगिता भएको थियो। -दिनेशखबर



शनिबार २३, असोज २०७८ ०५:३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.