बाजुराकी रिता शाही बनिन् देशकै कान्छो केन्द्रीय महाधिवेशन प्रतिनिधि

नजिक न्युज संवाददाता    

बाजुराकी रिता शाही बनिन् देशकै कान्छो केन्द्रीय महाधिवेशन प्रतिनिधि

बाजुरा : यसपालि नेपाली कांग्रेसको १४औं महाअधिवेशनमा युवा नेताहरुको आकर्षण बढ्दै गइरहेको छ। पुरानो पुस्ताले राजनीतिक रुपमा खासै उपलब्धी गर्न नसेको भन्दै वडा तह देखि नै युवाहरुले नेतृत्व लिइरहेका छन्।

बाजुरमा पनि युवाहरुले निर्वाचन जितेका छन्। बाजुराबाट देशकै सबैभन्दा कान्छो केन्द्रीय महाधिवेशन प्रतिनिधिको रुपमा २२ वर्षीया रिता शाही बिजयी भएकी छिन्। सामाजिक अभियान्ताको रुपमा परिचय बनाएकी शाहीले अत्यधिक ६०२ मतसहित पहिलो नम्बरमा खसआर्य कोटाबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा जित हात पारेकी हुन्।

नर्स पढेकी शाही राजनीतिमार्फत गाउँ, समाज र देश बदल्ने सोच लिएर राजनीतिमा आएको बताउँछिन्।  साहित्यक र संगीतमा समेत रुची राख्ने शाहीको तीता मिठा नामक गजल संग्रहका साथै ६ वटा सांगितिक एल्बम समेत बजारमा आइसकेका छन्। 



शनिबार २३, असोज २०७८ ०५:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.