बाजुरामा भिरबाट लडेर घाईते भएका बुढाको हेलिकप्टरमार्फत उद्धार

नजिक न्युज संवाददाता    

बाजुरामा भिरबाट लडेर घाईते भएका बुढाको हेलिकप्टरमार्फत उद्धार

रुकुम योगी, काेल्टी : भिरबाट लडेर घाइते भएका एक पुरुषको बाजुराको कोल्टीबाट हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका–२ का अन्दाजि ४० वर्षीया नरेन्द्र बुढा गोत्रीबाट आउँदै गर्दा भूकाको पुल नजिकै भिरबाट लडेर घाइते भएका थिए । भिरबाट उनी करिब ६० मिटर तल खसेर घाइते भएका हुन ।

घाइते बुढाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएपछि आज विहान नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपागञ्ज लगिएको छ ।   

राष्टिय विपत ब्यबस्थापन कोषको सहयोग तथा प्रदेश सभा सदस्य वलदेब रेग्मीको, बुढीनन्दा नगरपालिकाका–४ का वडा अध्यक्ष तथा नेकपा एमाले बुढीनन्दा नगर कमिटी इन्चार्ज राजन कुमार रोकाया, प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी लगायतको पहँलमा नेपाली सेनाको हेलिकप्टरमार्फत बुढालाई लगिएको लगिएको हो । 



शनिबार २३, असोज २०७८ ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.