बाजुरामा जीप दुर्घटनाः ३ जना घाइते, एकको अवस्था गम्भीर

नजिक न्युज संवाददाता    

बाजुरामा जीप दुर्घटनाः ३ जना घाइते, एकको अवस्था गम्भीर

बाजुरा : बाजुरामा जीप दुर्घटना भएको छ । जिल्ला सदरमुकाम मार्तडीबाट बडीमालिका नगरपालिका–५ कोर्ध जादै गरेको जीप दुर्घना हुदा ३ जना घाइते भएको छन् ।

कार्ध जादै गरेको बा २१ च ४३२ नम्बरको जीप चौगाढुङ्गा भन्ने ठाउँमा अनियन्त्रित भई दुर्घना भएको हो । दुर्घटनामा परी बडीमालिका नगरपालिका–६ का भिम थापा, डम्मर दानी र धनबहादुर थापा घाइते भएका छन् ।   

घाइते तीन जना मध्ये धनबहादुर थापा गम्भीर घाइते भएका छन् । उनलाई जिल्ला अस्पताल बाजुरा उपचार सम्भव नभएपछि रिफर गरिएको छ । 

जीप लगभग ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरी कार्यलय बाजुराले दिएको जानकारी अनुसार चालक  फराहर रहेको हुँदा खोजि कार्य भईरहेका बताएकाे छ।

उक्त जीप ५ः३० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । मार्तडी बाट कोर्ध जान लागेको जीप दुर्घटना भएको हो । दुर्घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । 



शुक्रबार २२, असोज २०७८ ०७:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.