बाजुरा नेपाली कांग्रेस : पौडेल- सिटौला पक्ष मिलेर देउवा पक्ष हराए, सभापतिमा फेरि निर्वाचन

नजिक न्युज संवाददाता    

बाजुरा नेपाली कांग्रेस : पौडेल- सिटौला पक्ष मिलेर देउवा पक्ष हराए, सभापतिमा फेरि निर्वाचन

बाजुरा : बाजुरामा नेपाली काङ्ग्रेसको जिल्ला अधिबेशनमा रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्ष मिलेर शेरबहादुर देउवा प्यानलाई हराएका छन् । पदाधिकारीमा सहसचिवको एक पद बाहेक सबै पदाधिकारीमा पौडेल -सिटौला पक्षले जित हात परेको छ । सभापतिमा भने फेरि निर्वाचन हुने भएको छ । सभापतीमा कबिराज पण्डित , रामसिंह रावल र चक्र शाह निर्वाचनमा होमिएका थिए ।

तिनै जनाले ५० प्रतिशत मत नपाएपछि फेरि मतदान सुरु भएको निर्वाचन समितीका सूचना अधिकारी प्रेम रौले बताए । पहिलो चरणमा भएको निर्वाचनमा पन्डितले ४८९ शाहले १५२ र रावलले ४७४ मत पाएका थिए । १२१२ मतदाता रहेको यहाँ १२०५ मत खसेको थियो ।

सभापतिमा शाहले पत्रकार सम्मेलन गरेर रावललाई समर्थन गरेपछि रावल बलियो देखिएका छन् । छैटौं अधिवेशनमा सभापतीमा पन्डितसङ्ग रावल पराजित भएका थिए ।

बिहिवार सम्पन्न मतगणनामा उपसभापतिमा निर्वाचित पदम बडुवाल,नारायण पाध्याय दुवै पौडेल र सिटौला पक्षका हुन् । त्यस्तै तिलक पुरी, भरत बहादुर राेकाया पनि पौडेल र सिटौला पक्षका हुन् ।

सह सचिवमा कृष्णराज पाध्याय पौडेल- सिटौला पक्ष हुन् । सह सचीव निर्वाचित भएका सुरेन्द्र बहादुर सिंह मात्रै देउवा पक्षका हुन् ।



बिहिबार २१, असोज २०७८ ०३:२५ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.