सन्तोष फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै रानीवन स्पोर्टस् क्लब सेमिफाइनलमा, हौसला स्वरुप गौमुलद्धारा २ लाख सहयोग

नजिक न्युज संवाददाता    

सन्तोष फुटबल क्लबलाई ५–२ गोल अन्तरले पराजित गर्दै रानीवन स्पोर्टस् क्लब सेमिफाइनलमा, हौसला स्वरुप गौमुलद्धारा २ लाख सहयोग

बाजुरा : ‘सी’ डिभिजन लिग काठमाण्डौमा छनोट जारी फुटबल खेलमा रानीबन स्पोर्ट क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा सन्तोष फुटबल क्लबलाई अतिरिक्त समयमा ५–२ अन्तरले पराजित गर्दै रानीवन स्पोर्ट क्लव अन्तिम चरणमा पुगेको हो ।

काठमाण्डौमा जारी ‘सी’ डिभिजन लिग छनोट खेलमा रानीवन स्पोर्टस् क्लव र सन्तोष फुटबल क्लव विच भएको खेलमा रानीवनले सन्तोष फुटबल क्लवलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ ।

रानीवन स्पोर्टस् क्लव बाजुराले उत्कृष्ट खेल प्रर्दशन गर्दै सन्तोष फुटबल क्लवलाई २ का विरुद्ध ५ गोल प्रहार गरि सेमिफाइनलमा पुगेको हो । देशभरका ७९ टिम मध्ये रानीवन स्पोर्टस् क्लव चौथो स्थानमा पुग्न सफल भएको छ ।

उत्कृष्ट खेल प्रर्दशन गर्दै दिपक विक र किरन बोहराले १÷१ गोल गरेका हुन । सोही खेलमा हौसल बढाउन गौमुल गाउँपालिकाले रानीवन स्पोर्टस् क्लबलाई २ लाख नगद प्रदान गरेको छ ।

खेलको हौसला स्वरुप तथा उत्कृष्ट खेल खेल्दै सेमिफाइनलमा जान सफल भएको भन्दै थप हौसलाका लागि २ लाख सहयोग गरेको गौमुल गाउँपालिकाले जनाएको छ ।

खेलाडीमो मात्र नभई सिङ्गो बाजुरा जिल्लाको सिर उच्च भएको छ, सोही खुसीमा गाउँपालिकाको तर्फबाट २ लाख नगद सहयोग गरेको गौमुल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । 



शनिबार १६, असोज २०७८ ०९:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.