पीसविनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः विमला थापा

पीसविनका  ३ जना कर्मचारी सम्मानीत

नजिक न्युज संवाददाता    

पीसविनमा नयाँ नेतृत्व चयन, अध्यक्षमा पुनः विमला थापा

बाजुरा : पीसविनमा नयाँ नेतृत्व चयन गरिएको छ । पीसविनको नवौ केन्द्रीय अधिवेशनबाट विमला थापाको नेतृत्वमा ९ सदस्यीय समिति चयन गरिएको हो । थापा समितिको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि दोहोरीनु भएको हो ।

समितिमा उपाध्यक्ष वृजन बहादुर शाही, महासचिव लालवीर नाथ, कोषाध्यक्ष पार्वती जोशी चयन हुनु भएको छ । उहाँहरु तीनै जना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । 

यस्तै सदस्यमा सन्तोषी रावल, तुला पाध्याय, नन्दा थापा, पदमबहादुर साउँद र सरिता नेपाली चयन भएको निर्वाचन समिति संयोजक तुलाराम जैशीले बताएका छन् । निर्वाचन समितिमा तुलाराम जैशी, कृष्ण ओली र देवु खाती रहेका थिए । नव निर्वाचित अध्यक्ष थापाले पीसविनको संस्थागत विकास र सामाजिक रुपान्तरणको यात्रालाई थप शसक्त र प्रभावकारी बनाउदै लैजाने सुझाव दिएका छन् । 

पीसविनका  ३ जना कर्मचारी सम्मानीत  

No description available.पीसविनका ३ जना कर्मचारी सम्मानित भएका छन् । पीसविन (शान्तिदीप) को ९ औं अविधेशन तथा ३२ औं स्थापना दिवसको अवसर पारी ३ जनालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको हो ।

सम्मानीत हुनेमा पीसविन प्रदेश कार्यालयमा कार्यरत कार्यकारी प्रबन्धक जुद्ध रावल, लेखापाल अन्जान आले र सम्पूर्ण परियोजनाको गंगराम रोकाया रहेका छन् । तीनै जनालाई औपचारिक कार्यक्रमका बीच सम्मान पत्र सहीत पुरस्कृत गरेको पीसविन महासचिव लालवीर नाथले बताएका छन् ।

वर्षभरीको कार्य सम्पादन मूल्याकंनमा उत्कृष्ठ काम गर्न सफल र संस्थाको नीति नियमलाई इमान्दारपूर्वक पालना गर्ने र जिम्मेवारी पूरा गर्ने ३ जनालाई सम्मान गरेको पीसविन अध्यक्ष विमला थापाले बताएका छन् । 

नियमित र आंशिक रुपमा एक सय बढी कार्यरत कर्मचारी मध्ये पीसविनले ३ जनालाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरेको हो । ठूलो संख्यामा रहेका कर्मचारी बीच उत्कृष्ठताको सम्मान पाउँनु खुसी लागेको गंगराम रोकाया बताएका छन् । 



आइतबार १०, असोज २०७८ ०७:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.