पीसविनलाई समाज परिवर्तन र रुपान्तरणको पर्यावाचीको संज्ञा

नवौं केन्द्रीय अधिवेशन मार्तडीमा सञ्चालन

नजिक न्युज संवाददाता    

पीसविनलाई समाज परिवर्तन र रुपान्तरणको पर्यावाचीको संज्ञा

बाजुरा : पीसविनले सामाजिक विकास र रुपान्तरणको पर्याबाचीको परिचय बनाएकोमा सरोकारवाला निकायले प्रशंसा गरेका छन् । समाज सचेत बनाउने र बिउझाउने जिम्मेवारी बोकेको पीसविनले आफ्नो परिचय नै परिर्वतनको संवाहको रुपमा स्थापित गरेकोमा उहाँहरुले प्रशंसा गरेका हुन् ।

बाजुरा जिल्लाको भौतिक र मानवीय विकासमा पीसविनको योगदान उच्च स्थानमा रहेको र त्यसको निरन्तरताको अपेक्षा गरेका छन् । पीसविनको ९ औं अधिवेशन तथा ३२ औं स्थापना दिवसको अवसरमा सहभागिहरुले समाज रुपान्तरण र जागरणका अभियानको संस्थागत गर्न सुझाव दिएका छन् ।  

No description available.बक्ताहरुले पीसविन र समाज परिवर्तनको विषय पर्याबाची शब्द जस्तै लाग्ने गरेको अभिव्यक्ति दिएका छन् । कार्यक्रममा बडिमालिका नगरपालिका ३ का वडा अध्यक्ष वीरबहादुर रावलले पीसविनले जिल्लाको विकासमा पुरयाएको योगदान अरुसँग तुलना गर्न नमिल्ने बताएका छन् । 

महिला अधिकार, बाल अधिकारी, किशोरी शिक्षा, स्वास्थ्य सरसफाइ सबै क्षेत्रलाई सुधार गर्नमा पीसविनको अग्रणी भूमिका रहेको अध्यक्ष रावलको दाबी छ । कार्यक्रममा खप्तड छेडेहद गाउँपालिका ७ का कार्यबहाक वडा अध्यक्ष लालबहादुर खड्काले आटीचौरबाट सुरुबाद भएर देश व्यापी छवी बनाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

जन्मघर प्रतिको माया र लगाब बढाउनु पर्ने अपेक्षा राखेका खड्काले महिला तथा बालबालिकाको अधिकार प्रवद्र्धन र जिल्लाको शैक्षिक सुधारमा पीसविनको अतुलनिय योगदार रहेको दाबी गरेका छन् । अभियानका सहयात्री र संस्थापक आफूहरु भएकोमा गर्व लाग्ने बताएका छन् ।

पीसविनले आफ्नो नवौ केन्द्रीय अधिवेशनमा ८ वर्षकी बालिका आयुषा थापालाई प्रमुख अतिथि बनाएको थियो । केन्द्रीय समिति अध्यक्ष विमला थापाको अध्यक्षतामा सञ्चालन भएका कार्यक्रममा निवर्तनमान अध्यक्ष लालबहादुर ओलीले सामाजिक संस्थालाई समयअनुकुल र युगको प्रतिनिधित्व गर्ने गरी विकास गर्दै लैजानु पर्नेमा जोड दिएका छन् ।

कार्यक्रमका गुड नेवर्स इन्टरनेशनल एमएचएम कार्यक्रमका जिल्ला संयोजक खडक बोहराले सामाजिक संस्थाको प्रमुख उदेश्य दीगो विकासमा राज्यको सहयोगी भूमिका खेल्नु भएकोले पीसविनले त्यसमा खेलेको भूमिका प्रंशसनीय रहेको बताएका छन् । 

कार्यक्रममा जिल्ला अपागं कल्याण महासंघका अध्यक्ष मानबहादुर हमालले महिला अधिकार, बाल अधिकार, शिक्षा, स्वास्थ्य, जीवीको पार्जन सहीतका विषयलाई बाजुरामा स्थापीत गर्ने श्रय नै पीसविनलाई जाने बताएका छन् ।

अधिकार प्राप्तीको आन्दोलनमा सफल भइसकेकोले प्राप्त अधिकारको संस्थागत विकास गर्न तर्फ केन्द्रीत हुन पत्रकार महासंघका सचिव नन्दा थापाले सुझाव दिएकी छन् । महिला अधिकार मञ्चका प्रतिनिधी तmुन पाध्यायले सामाजिक समानता, जागरण र रुपान्तरण पीसविनकै कारण स्थापीत भएको दाबी गरेकी छन् ।

कार्यसमिति सदस्य धीरबहादुर दानीले सञ्चालन गरेको कार्यक्रममा उहाँहरुले बाल अधिकार, युवा सरोकार, दलित हक अधिकारका पक्षमा पीसविन र पीसविनका निवर्तमान अध्यक्ष लालबहादुर ओलीले खेलेको भूमिका पं्रशसनीय र सम्मानजन रहेको बताएका छन् । 

पीसविन उपाध्यक्ष बृजन बहादुर शाहीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा महासचिव लालवीर नाथले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष पार्वती जोशीले आर्थिक प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो ।

पीसविनले गएको वर्ष मात्र १५ करोड बढीको बार्षिक आर्थिक कारोबार गरेको छ । लेखा समिति संयोजक अम्म नाथले आन्तरिक लेखा व्यवस्थापनको अवस्था बारे प्रतिवेदन सार्वजनिक गर्नु भएको थियो । उद्घाटन सत्र रेडियो बाजुराको सिकाइ केन्द्रमा आयोजना गरेको हो ।

एक दर्जन बढी कार्यक्रम सञ्चालन गर्दै आएको पीसविनले रेडियो बाजुरा पनि १२ वर्षदेखि सञ्चालन गरिरहेको छ । बाजुरा बाहेक सुदूरपश्चिममा कार्यक्षेत्र बनाएर काम गरिहेकोमा यो वर्षदेखि गण्डकी प्रदेशका कास्की, तनहुँ, लमजुग र नवलपुरमा पनि कार्यक्षेत्र विस्तार गरेको छ । पीसविन २०४७ सालमा साविक आटीचौर गाविस ४ ओलीगाउँका ५७ परिवारले सामुदायिक संस्थाका रुपमा स्थापना गरी सुरुवाद गरेको हुन् । 



आइतबार १०, असोज २०७८ ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.