बालविवाह रोक्न बुढीगंगामा सडक नाटक

नजिक न्युज संवाददाता    

बालविवाह रोक्न बुढीगंगामा सडक नाटक

निराजन सिंह, बाजुरा : बाजुराको बढीगंगा नगरपालिकामा बालबालिका र अभिभाबकलाई सचेतना जगाउन बालविवाहविरुद्ध सडक नाटक प्रर्दन गगरिएको छ । उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह न्युनीकरण गर्न बालबालिका र अभिभावकलाई सचेत गराउन सडक नाटक प्रर्दशन गरेको हो । 

“सबै जुटौ बालविवाह रोकौँ” भन्ने मुल नाराका साथ गुड नेवर्स इन्टरनेशन नेपालको आर्थिक सहयोग र बुढीगंगा सिर्जशिल बाल क्लव तथा पीसविनको सहकार्यमा बुढीगंगा नगरपालिका–९ मा सडक नाटक प्रर्दशन गरेको बाल क्लवका अध्यक्ष राजेन्द्र सिंहले बताएका छन् ।

नगरपालिकाको समन्वयमा गुड नेवर्स इन्टरनेशनल नेपाल उक्त पालिकामा बालविवाह विरुद्धका कार्यक्रम गर्दै आएको छ । बालबालिकालाई बालविवाहबाट बचाउन सचेत गराउन नाटक प्रस्तुती गरिएको क्लवका अध्यक्ष सिंहले बताए ।

No description available.नाटकमा उमेर नपुगी विवाह गर्नाले शारिरीक, मानसिक र सामाजिक रुपमा जीवनमा पर्ने असरबारे सचेत गराईएको थियो । सिर्जनशील बाल क्लवका अध्यक्ष राजेन्द्र सिंहको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि बुढीगंगा नगरपालिका–९ का वडा सदस्य प्रकाश बहादुर सिंह रहनु भएको थियो ।

त्यस्तै विशिष्ट अतिथिमा दुधिर आधारभूत माविका प्राचार्य विक्रम बहादुर सिंह रहनु भएको थियो भने, पीसविन सामुदायिक सहजकर्ता मंगल बानिया, एकता युवा संजाल सचिव कुशल, दीपक सिंह, नन्द बहादुर सिंह, राजेन्द्र सिंह, तिलक सिंह, भोविन्द्र नेपाली र ललिता सिंह अतिथिमा रहनु भएको थियो ।   

बुढीगंगा नगरपालिकाका वडाहरुमा यस्ता धेरै सचेतनामुलक कार्यक्रम सम्पन्न भइसकेका र आज अन्तिम सडक नाटक प्रर्दशनी गरिएको पीसविनमा कार्यरत्त कर्मचारी मंगल बानियाले बताएका छन् ।

बालविवाह नटाउन सबै अभिभावक र बालबालिकाले सजक हुनपर्ने एकता युवा संजानलका वरिष्ठ सचिव कुशल सिंहले जोड दिएका छन् । 

No description available.No description available.



शनिबार ०९, असोज २०७८ १०:४० मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.