काँग्रेस अधिवेशन : गौमुल गाउँपालिका सभापतिमा धामी सर्वसम्मत

नजिक न्युज संवाददाता    

काँग्रेस अधिवेशन : गौमुल गाउँपालिका सभापतिमा धामी सर्वसम्मत

बाजुरा : गौमुल गाउँपालिका काँग्रेस सभापतिमा राजबहादुर धामी सर्वसम्मत चयन भएका छन् । 
शनिबार भएको नेपाली काँग्रेसको अधिवेशनबाट धामी सर्वसम्मत चुनिएका हुन । धामीको नेतृत्वमा २२ सदस्यीय कमिटी चयन भएका छन् । 

यस्तै अधिवेशनबाट उपसभापतिमा मंगल रोकाया, भिम चदाँरा, सचिवमा अर्जुन रोकाया, गणेश रोकाया,  सहसचिवमा मंगल बुढा, राजेन्द्र राेकाया र कोषाध्यक्षमा लालबहादुर धामी गिरी चयन भएका छन् । 

सर्वसम्मत सभापतिमा चयन भएका धामीले अब पार्टीलाई एकतावद्ध र क्रियाशील रुपमा अगाडी बढाउने बताएका छन् । पालिकामा नेपाली काँग्रेसलाई शसक्त र बलियो बनाउन आगामी दिनमा एकीवद्धता भएर लाग्ने उनले बताए । 



शनिबार ०९, असोज २०७८ ०९:५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.