बाजुराको बुढीगंगा, बडिमालिका र गौमुलका जनप्रतिनिधीको बार्षिक सुविधा मात्रै ५ लाख बढी, अस्वाभाविक शिर्षकमा खर्च धेरै

नजिक न्युज संवाददाता    

बाजुराको बुढीगंगा, बडिमालिका र गौमुलका जनप्रतिनिधीको  बार्षिक सुविधा मात्रै ५ लाख बढी, अस्वाभाविक शिर्षकमा खर्च धेरै

बाजुरा : स्थानीय तहका जनप्रतिनिधीलाई राज्यले मासिक सुविधा उपलब्ध गराउने नीति बनाएको छ । प्रदेश सरकार अन्र्तगत बनेको नीति अनुुसार नै स्थानीय तहका जनप्रतिनिधीले सेवा सुविधा लिने गरेका छन् । 

नीति अनुसारको सुविधा भोग गर्न पाउने सबै जनप्रतिनिधीको अधिकार हो, तर सबैका लागि समान बनेको नीतिमै पनि कम र बढी सुविधा लिने गरेको पाईएको छ । बाजुराका नौ वटा स्थानीय तहका प्रमुख उपप्रमुख मध्ये कोहीले ५ लाख बढी सुविधा लिएको देखिएको छ । भने कसैले ३ लाख कटाएका छैनन् ।

महालेखाको प्रतिवेदनमा उल्लेख भएको सूची अनुसार बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाका प्रमुखले सबैभन्दा बढी बार्षिक सुविधा भोग गरेको पाईएको छ । नेपालको संविधानको धारा २७७ मा गाउँ तथा नगर सभा सदस्यहरुले पाउने सेवा सुविधा व्यवस्था अन्र्तगत प्रदेश कानुन बनेको छ ।  

कानुनले समान सुविधा सूची तोकिदिएपनि जिल्लाका नौ वटा स्थानीय तहका प्रमुखको सूची हेर्दा एक रुपता छैन् । प्रदेश कानुनको ऐन २०७६ पहिलो संशोधन सहितको दफा ३ को उपदफा १ बमोजिम प्राप्त गरेको सुबिधा सम्बन्धमा महालेखा परिक्षकको आर्थिक बर्ष २०७६÷२०७७ को लेखा परिक्षण प्रतिबेदनका आधारमा जिल्लाका नौ वटा स्थानीय तह मध्ये गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले सबैभन्दा बढी सुविधा लिएको देखिएको छ । 

नौ जना मध्ये सुविधा लिनेमा रोकाया पहिलो सूचीमा छन् । भने हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द्र बहादुर मल्ल सबैभन्दा कम सुविधा लिनेमा परेका छन् । रोकायाले एक वर्षमा ५ लाख ७१ हजार सेवा सुबिधा लिएका छन् । भने हिमाली गाउँपालिकाका अध्यक्ष मल्लले बार्षिक रुपमा २ लाख ८९ हजार ५ सय रुपैया मात्र सेवा सुबिधा वापत लिएका छन् ।

सुविधा लिनेको दोस्रो नम्बरमा बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाह रहेका छन् । शाहले ५ लाख १ हजार ५ सय रुपैया बार्षिक सुविधा वापत लिएको पाईएको छ । यसैगरी बडिमालिका नगरपालिका नगर प्रमुख पदम बडुवालले ४ लाख ८९ हजार ५ सय रुपैया बुझिलिएको देखिएको छ ।

त्रिबेणी नगरपालिका नगर प्रमुख रामसिहं रावलले ३ लाख ८८ हजार ४ सय ५० रुपैया मात्र सुविधा वापत बुझेका छन् । अन्यको तुलनामा रावलले लिएको रकम पनि निकै कम हो । खप्तड छेडेदह गाउँपालिका अध्यक्ष नरबहादुर रावतले पनि ४ लाख ३४ हजार ४ सय ५० रुपैया सुविधा वापत लिएका छन् ।

स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले ४ लाख ३५ हजार ५ सय रुपैँया सेवा सुबिधा लिएको देखिएको छ । भने नेकपा एमाले जिल्ला अध्यक्ष समेत रहेका जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाहीले ४ लाख ६३ हजार सेवा सुबिधा लिएका छन् ।

बुढीनन्दा नगरपालिका प्रमुख पदमकुमार गिरीले ४ लाख ८९ हजार ५ सय बुझेका छन् । बजार क्षेत्रमा बस्ने प्रमुखको तुलनामा मानव आवत जावत कम हुने र मान्छेको चाप कम हुने क्षेत्र गाउँपालिकाका अध्यक्षहरुले बढी सुविधा लिएको देखिएको छ । 

उपप्रमुख उपाध्यक्षको हकमा पनि बुढीगंगा नगरपालिकाका उपप्रमुख तारा खाती थापाले सबैभन्दा बढी सुविधा ५ लाख ५९ हजार रुपैया सुविधा लिएका छन् । यस्तै दोस्रो बढी सुविधा लिने बडिमालिका नगरपालिकाका उपप्रमुख कविता विष्टले ५ लाख ४७ हजार रुपैया बार्षिक सुविधा वापत लिएको पाईएको छ ।

नौ तह मध्ये बढी बार्षिक सुविधा लिनेमा गौमुल गाउँपालिकाका उपाध्यक्ष सिता थापाले ४ लाख ९६ हजार ५ सय रुपैया बुझेका छन् । भने बुढीनन्दा नगरपालिकाका उपप्रमुख सृष्टी रेग्मी पनि बुढी सुविधा लिनेमा परेकी छन् । उहाँले पनि बार्षिक ४ लाख २७ हजार रुपैया सुविधा वापत नै लिएका छन् । 

जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष ऐना गिरीले ४ लाख ५ सय बार्षिक सुविधा लिएको प्रतिवेदनमा उल्लेख छ । भने स्वामिकात्र्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मिमा बुढाले पनि ३ लाख ९७ हजार रुपैया सुविधा वापतको रकम लिएकी छन् ।

नौ वटै स्थानीय तह मध्ये त्रिवेणी नगरपालिकाका उपप्रमुख राधीका सुनार र हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रा बुढाले सबैभन्दा कम सुविधा लिएका छन् । सुनारले ३ लाख ४० हजार ९ सय ५० रुपैया सुविधा लिएका छन् । भने बुढाले २ लाख ५२ हजार रुपैया मात्र सुविधा लिएका छन् ।  

बाजुराका उपप्रमुख पालिका बाट बर्षमा यत्ति रकम बुझ्छन् !

 



शनिबार ०९, असोज २०७८ ०८:०९ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.