गौमुलमा प्रतिपक्षको भूमिका खेल्न नसक्नु नेपाली काँग्रेसको कमजोरी भएको काँग्रेसका नेताहरुको स्वीकार

गौमुल गाउँकार्य समितिको प्रथम अधिवेशन सुरु, सहमति र सहकार्य अधिवेशन हुनेमा नेताहरुको विश्वास

नजिक न्युज संवाददाता    

गौमुलमा प्रतिपक्षको भूमिका खेल्न नसक्नु नेपाली काँग्रेसको कमजोरी भएको काँग्रेसका नेताहरुको स्वीकार

बाजुरा : नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देव बहादुर रोकायाले नेपाली काँग्रेस गौमुल गाउँकार्य समितिको अधिवेशन भव्यताका साथ सम्पन्न गर्ने अनुरोध गर्नुभएको छ । अधिवेशनमा विभिन्न पदका लागि आफ्नो उम्मेदवारी दर्ता गर्न आग्रह गदैं गौमुलमा नेपाली काँग्रेस सशतm बनाउन भूमिका खेल्न आग्रह गर्नुभएको छ । 

नेपाली काँग्रेस गौमुल गाउँकार्य सकितिको प्रथम अधिवेशनलाई सम्बोधनगदैं रोकायाले नेपाली काँग्रेसले गौमुल गाउँपालिकामा प्रतिपक्षको भूमिका खेल्न नसक्नु कमजोरी भएको स्वीकार्नुभएको छ । काम आफुहरुले पनि उत्तिकै गर्नुपर्ने र अरुले गरेका कामहरु बिगार्न नलाग्न सुझाव दिनुभएको छ । पार्टीमा धैर्य हुने र सालीन रुपमा अघि बढ्नुपर्नेमा उहाँको जोड रहेको छ । 

स्वच्छ प्रतिष्पर्धाका आधारमा नेतृत्व छनोट गरी काँग्रेसलाई सुदृढ बनाउन सबैले सहयोग गर्नु पर्नेमा जोड दिदैं काँग्रेसमा मनोनीत गर्ने प्रक्रिया खुला गरेकोप्रति केन्द्रीय समितिलाई धन्यवाद दिनुभयो । सबैले सबैका कमी कमजोरी सुधादैं अघि बढ्न आग्रह गदैं निर्वाचन नै गरेर अधिवेशनन गरी सहमति र सहकार्यका आधार अधिवेशन सम्पन्न हुनेमा विश्वास व्यतm गर्नुभयो । 

कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सदस्य कलकबहादुर सिंहले नेपाली काँग्रेसले गौमुल गाउँपालिकामा प्रतिपक्षको भूमिका खेलिदिन अनुरोध गर्नुभएको छ । नेकपा एमाले गौमुल गाउँपालिकामा सत्तापक्ष र प्रतिपक्ष हुने तयार रहेका कारण गौमुल गाउँपालिकामा नेकपा एमालेको सरकारले विकास निमार्णमा खेलेको भूमिका कस्तो रह्यो भन्ने बिषयमा टेबल टक गर्न आग्रह गर्नभयो ।

 No description available.एक फरक प्रसंङ्गमा बोल्दै उहाँले देउवा सरकारले प्रतिस्थापन विधेयकबाट ल्याएको बजेटबाट गौमुलका जनताको गाडी चढ्ने सपना माथि खेलबाड गरेको कुरालाई नेपाली काँग्रेसले उठान गर्न सुझाव दिनुभएको छ । तत्कालीन प्रधानमन्त्री केपीशर्मा ओलीले भौनेरा घट्मुना कालोपत्रे सडकको बजेट कटौतीदेखि गौमुल गाउँपालिकाबाट अन्तर जिल्ला बझाङ्ग जोड्ने सडकका बिषयमा काँग्रेसले बोल्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा नेपाली काँग्रेस जिल्लाकार्य समिति सदस्य दिपा बोहराले राजनीति २०४८ सालदेखि गरिरहेकाले कुनै पनि गुट र उपगुट नभई सहमतिको नेतृत्व छनोट हुनुपर्नेमा सुझाव दिनुभएको छ । काँग्रेस जिल्ला कार्य समिति सदस्यमा रोकायाले गौमुलले एकलौटी गरेको प्रतिविरोध गर्नुभयो । 

कार्यक्रममा नेपाल तरुण दलबाजुराका सचिव हिरेन्द्र रोकायाले देउवा सरकारले प्रतिस्थापन विधेयकबाट ल्याएको बजेटबाट मार्तडी गौमुल गौरवको योजना तथा भौनेरा घट्मुनाका लोपत्रे सडक खण्डको बजेट कटौतीगर्नु गम्भीर बिषय भएको बताएका छन् ।

“राष्टियता, लोकतन्त्र र समाजवाद”भन्ने नाराका साथ नेपाली काँग्रेस गौमुल गाउँकार्य समितिको प्रथम अधिवेशन सुरु भएको सभापति मन बहादुर रोकायाको अध्यक्षतामा सञ्चालन भएको प्रमुख अथिति नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य देव बहादुर रोकाया रहनुभएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य कलकबहादुर सिंह, जिल्ला कार्य समिति सदस्यमा रोकाया, दिपा बोहरा विशिष्ट अतिथि रहनुभएको थियो । 

कार्यक्रममा तरुण दल बाजुराका सचिव हिरेन्द्र रोकाया, नेविसंघका नेता राज बहादुर धामी लगायत नेपाली काँग्रेसका नेताहरुको सहभागीता रहेको थियो । कार्यक्रम जिल्ला प्रतिनिधि लगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो । 

No description available.



शनिबार ०९, असोज २०७८ ०७:३२ मा प्रकाशित

प्रतिकृया दिनुहोस


Copyright © 2019 - najiknews.com.