बाजुरा : व्यवसायी दुर्गा प्रसाइले राजनीति नेतृत्वकै अदूरदर्शी निर्णयकै कारण देशले दुख भोग्नु परेको बताएका छन् । राणा र राजाको शासन पछि देश हाँक्ने र कुशल नेतृत्व लिने नेता नै देशले नपाउनु सिंगो मुलकका लागि दुर्भाग्य भएको बताएका छन् ।
रेडियो बाजुराको नियमित कार्यक्रम साझा सरोकारमा कुरा गर्दै प्रसाईले समृद्धी र विकास वर्तमान राजनीतिक नेतृत्वबाट संभव नहुने देखिएको बताएका छन् । केपी ओलीमा केही गर्ने जोश र इच्छा शक्ति छ, उहाँलाई गर्न दिइएको छैन्, अरु नेताहरुबाट अपेक्षा नै गर्न नसकिने प्रसाईले धारणा राखेका छन् ।
हिन्दु सनातन धर्मको एजेण्डा सहीत वैकल्पिक शक्तिको खाँचो औल्याएका प्रसाईले संविधानको कार्यान्वयन दलहरुले नै नगरेको आरोप लगाएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह बाहेक देशमा संविधानको पालना गर्ने नागरिक नै नभएको प्रसाईको ठोकुवा छ ।
म, तपाई, हामी कसैले पनि संविधान मानेका छैनौं, संविधान मान्ने देशमा एक जना पूर्व राजा ज्ञानेन्द्र शाह मात्र छन्, जस्का कारण देश संकटमा परेको प्रसाईको दाबी छ । बि एण्ड सी मेडिकल कलेजका सञ्चालन, पूर्वाञ्चल क्यान्स अस्पतालका कार्यकारी निर्देशक समेत रहेका प्रसाईले नेताहरुमा देश समृद्धीको योजना र खाका नै नभएको धारणा राखेका छन् ।
व्यवसाय सम्हाल्ने परिवारमा उत्तराधीकारी उत्पादन भइसकेकोले अबको बाटो राजनीति हुने बताएका प्रसाईले नेकपा एमालेले झापा बाहेक देशका जुनसुकै स्थानबाट पनि चुनाव लड्ने बताएका छन् । प्रचण्डको कार्यशैलीबाट देश पार नलाग्ने ठोकुवा गरेका प्रसाईले ओली र प्रचण्डलाई मिलाउने काम आफूले गरेपनि दीर्घकालिन सम्बन्ध स्थापीत हुन नसक्दा नेकपा खारेजीको अवस्थामा पुगेको बताएका छन् ।
विदेशमा पसिना बगाउने युवालाई देशमै रोजगारी लगाउने सपना र योजना आफूसँग रहेको दाबी प्रसाईको छ । सुदूरपश्चिममा क्यान्सर अस्पताल खोल्ने तयारीमा रहेका प्रसाईले सुदूरपश्चिमका बासिन्दाको साथ सहयोग रहे यही वर्षको मंसिर पुसबाट अस्पताल निर्माणको काम थालनी गर्ने उद्घोषण गरेका छन् ।
ओली र प्रचण्डलाई मार्सी चामलको भात खुवाउँदा आफू माथि जे जति टिकाटिप्पोणी भएपनि त्यसले किसानका लागि भाग्य चम्काउने काम भएको दाबी गरेका छन् । अहिले बजारमा मार्सि चामल ब्राण्ड बनेको छ, मेरो व्यवसाय र काम गर्ने शैली धेरैलाई मन नपर्ने सक्छ, तर रिस गरेपनि त्यही कुरा ब्राण्ड बनेकोमा खुसी लागेको उहाँको भनाई छ ।
मलाई माफियाको आरोप छ, तर मैले मान्छेको सेवा गरेर आर्जन गरेको सम्मान र मायामा गोविन्द्र केसीहरुले रिस गरेर केही फरक नपर्ने बताएका छन् । देशमा गोविन्द्र केसीकै कारण मेडिकल क्षेत्र ध्वस्त हुने अवस्थामा पुगेकोले त्यसमा आफूले सुधार्न प्रयास गरिरहेको बताएका छन् ।
मेडिकल सञ्चालनसँगै बियर उत्पादन व्यवसायमा पनि हात हालेको बताएका छन् । ‘मार्सी बियर’ माफिया ब्राण्डको वियर पनि उत्पादन गर्न सुरु गरिसकिएको र छिट्टै बजारमा आउने बताएका छन् । आफू माथि लागेका आरोप र जोडिएका काण्डहरुको कुनै सत्यता नभएको भन्दै उहाँले दुर्गम क्षेत्रमा आफूले धेरै काम गर्न खोजेकोले सञ्चार माध्यमको सहयोग आवश्यक हुने बताएका छन् ।
प्रतिकृया दिनुहोस